बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चिर्पटले हानेर जेठानले गरे ज्वाँइको हत्या

बिहीबार, ३० कात्तिक २०७४, १७ : २१
बिहीबार, ३० कात्तिक २०७४

तनहुँ– दाउराको चिर्पट प्रहार गरी बुधबार तनहुँमा जेठानले ज्वाँइको हत्या गरेका छन् । तनहुँको ब्यास नगरपालिका वडा नं १२ कर्लुङमा शम्सेर बहादुर सार्कीले म्याग्दे गाउँपालिका वडा नं १ मानुङ स्थायी घर भई हाल ब्यास नगरपालिका वडा नं. १२ कर्लुङ ससुराली गाउँमा बस्दै आएका  ४२ बर्षका वीरबहादुर नेपालीको हत्या गरेका हुन् । 
दाउराले टाउको र सम्बेदनशिल अंगहरुमा प्रहार गरी घाईते भएका नेपालीलाई दमौली अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
 घटनामा संलग्न प्रतिबादी सार्कीलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप