शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘छक्का पन्जा २’ प्रदर्शनको ५१ आैं पार, दीपकले लेखे –‘आक्रमण दर्शकले बिफल पारिदिए’

बिहीबार, ३० कात्तिक २०७४, १७ : २४
बिहीबार, ३० कात्तिक २०७४

  
काठमाडौं – एकसाता पनि चलचित्र राम्रोसँग चल्न नसकेको बर्तमान समयमा ‘छक्का पन्जा २’ले प्रदर्शनको ५१ औं दिन पार गरेको छ । गत ११ असोजबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्रले आजैबाट ५१औं दिन पार गरेको हो । काठमाडौको वीग मुभिज, गोपिकृष्ण, अष्टनारायण, गुण लगायतका चलचित्र भवनमा चलचित्रले प्रदर्शनको ५१आैं दिन पार गरेको हो । 

५१औ दिनको अवसर पारेर निर्माण युनिटले आज साँझ कमलपोखरीस्थित बिग मुभिजमा एक बिषेश कार्यक्रमको समेत आयोजना गरेको छ ।

निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्रको सफलताको बिषयमा बिहानै ब्याङ्ग्यले भरिएको स्टाटस लेखेका छन् । उनले स्टाटसमा यो पटक चलचित्र रिलिज फलामको चिउरा चपाए जस्तै उल्लेख गरेका छन् ।

‘चलचित्रको निर्माण सुरु देखि नै आफूहरुले विभिन्न शैलीमा आक्रमण झैल्नु पर्यो’ उनले अगाडि लेखेका छन् ‘गीत विवाद, वितरकहरुको तानातान, केही प्रदर्शकहरुको अवरोध, आफ्नै क्षेत्रका जुधाई म माथी भएको आक्रमणका शैली हुन् ।’ दर्शकको मायाले गर्दा बिभिन्न आक्रमणले पनि आफुलाई हल्लाउन नसकेको उनको स्टटाटसमा उल्लेख छ । 

‘छक्का पन्जा २’ अघिल्लो सिक्वेल भन्दा कमजोर भएको समिक्षकको भनाई स्विकारेका छन् । उनले भनेका छन् ‘आगामी दिनमा कमी कमजोरी सुधारेर अगाडि बढ्ने छु ।’

चलचित्रको सफलताको खुसी कलाकारहरु र निर्देशक दीपाश्री निरौलाले पनि सामाजिक संजालबाट गरेकी छन् ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्मित ‘छक्का पन्जा २’ चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ । 

चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप