शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओखलढुंगामा कसैले बझाएन्न हतियार,भए बुझाउन आग्रह

बिहीबार, ३० कात्तिक २०७४, १७ : ३५
बिहीबार, ३० कात्तिक २०७४

ओखलढुंगा–आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले हातहतियार बुझाउन आग्रह गरेको भएपनि अहिले सम्म कसैले बझाएका छैनन् । 

पहिलो चरण अन्तरगत यहि मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउने उदेश्यले हातहतियार बुझाउन आग्रह गरिएपनि कसैले नबुझएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

निर्वाचन अवधिभरका लागि अनुमति प्राप्त बन्दुक, पेस्तोल लगाएतका हातहतियार सम्बन्धित व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको थियो । तर, अहिले सम्म कसैले पनि हतियार बुझाउन नआएको ओखलढुंगा प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले बताए ।

हातहतियार बुझाउन तोकिएको निश्चित समयअवधी सकिसकेको  भएपनि त्यस्ता हतियार भए अझैपनि बुझाउन सकिने प्रशासनले जनाएको छ ।

सुरक्षा ब्यवस्था कडा
पहिलो चरण अन्तरगत मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यलय ओखलढुंगा सक्रियता बढाएको छ । उम्मेद्धवारहरु चुनावी प्रचारप्रसारमा रहेकाले अप्रिय घटना हुन नदिन तथा जिल्ला भित्रने मुख्य नाकाहुदै शंकास्पद ब्यक्तिहरु जिल्ला भित्रन नदिन प्रहरीले सक्रियता बढाएको हो । जिल्लाका बिभिन्न बजार,चोक लगाएतका स्थानमा प्रहरीहरु परिचालन गरिएको छ । 

गोलाप्रथाबाट मतदान अधिकृत छनौट
ओखलढुंगामा निर्वाचनका लागी मतदान अधिकृत तथा सहायक मतदान अधिकृत तोकिएको छ । जिल्लाको एक सय ४१ मतदान केन्द्रमा खटिने एक एक जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत गरी जम्मा २ सय ८२ जना छनोट गरिएको छ । 

त्यस्तै एउटा मतदान केन्द्रमा खटिने अन्य कर्मचारी सहित ११ सय २९ जना कर्मचारी छनोट गरिएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यलयमा भएको तिन सदस्य छनोट समितीले गोलाप्रथा मार्फत कर्मचारी छनौट गरिएको उनको भनाई छ । निर्वाचनका लागि खटाइने १ सय ४१ जना मतदान अधिकृत र १ सय ४१ जना सहायक मतदान अधिकृतको नाम छनौट भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । ओखलढुंगाा ७८ वटा मतदानस्थलको १ सय ४१ केन्द्रबाट मंसिर १० गते एकैसाथ मतदान हुदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप