शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुईभन्दा बढी डिम्याट खाता सञ्चालन नगर्न धितोपत्र बोर्डको कडा निर्देशन

बिहीबार, ३० कात्तिक २०७४, २० : ०१
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले दुईभन्दा बढी डिम्याट खाता सञ्चालन नगर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ । 

बोर्डले आज सूचनामार्फत एक व्यक्तिले दुई वटासम्म डिम्याट खाता खोल्न सक्ने व्यवस्था रहे पनि सोभन्दा बढी खाता रहेको पाइएकाले तत्काल सच्याउन आग्रह गरेको छ । दुईभन्दा बढी खाता सञ्चालन गरिरहेका हितग्राहीले आफ्नो सम्पूर्ण धितोपत्र दुई खातामा हस्तान्तरण गरी अन्य खाता बन्द गराउन बोर्डले आग्रह गरेको हो । 

बोर्डले गत भदौ मसान्तसम्मका धेरै खाता भएका हितग्राहीलाई दुई खाता मात्रै सञ्चालन गराउन भनिए पनि धेरैले समय माग गरेकाले समय थप गरिएको थियो । 

बोर्डले दुईभन्दा बढी हितग्राही खाता रहेका लगानीकर्ताले ३५ दिनभित्र बढी भएका खाता बन्द गर्न अनुरोध गरेको हो । सो अवधिभन्दा पछाडि दुईभन्दा बढी खाता भए बोर्ड आफैंले त्यस्ता खाता बन्द गराउनेसमेत विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप