शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेता महरा भन्छन्, ‘एमाले माओबादीको लभ परेको छ, चुनावपछि बिहे गरि एउटै घरमा बस्छौं’

बिहीबार, ३० कात्तिक २०७४, २० : ३९
बिहीबार, ३० कात्तिक २०७४

घोराही – दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यका लागि बाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महराले कांग्रेसको भ्रममा नपर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।

प्रतिस्पर्धीलाई खराब देखाएर आफू राम्रो देखिन खोज्ने संस्कारमा कांग्रेस हुर्किएको भन्दै महराले सचेत रहन मतदाताहरुलाई आग्रह गरेका हुन् ।  घोराही उपमहानगरपालिका ६ चैनपुरमा र ढिकपुरको एकलघरुवामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री समेत रहनुभएका महराले बाम गठबन्धनबाट बन्ने अबको सरकार दिगो र संबृद्धिको मार्गलाई केन्द्रमा राखेर अघि बढ्ने भन्दै कांग्रेसको भ्रममा नपर्न आग्रह गरे । 


बाम गठबन्धनलाई अप्राकृतिक र अधिनायकबाद देख्ने कांग्रेसले आफुलाई नसुधारले अस्तित्व सकिदै जाने चेतावनी दिए । चुनावी तालमेलमा मात्रै बाम गठबन्धन सिमित नहुने भन्दै उहाँले चुनाव पछि एउटै कम्युनिष्ट पार्टी बन्ने समेत ठोकुवा गरे ।

अहिले एमाले र माओबादी केन्द्रको गहिरो लभ परेको छ उनले भने, ‘एमाले र माओबादी बिच लभ परेको अब चुनाब पछि बिहे गर्छौ र एउटै घरमा बसेर सबैलाई अधिकार र संबृद्धिको मार्गमा अघि बढाउछौं । हामी धेरै अघि बढिसेका छौ र आत्मीयता पनि बढेको छ उनले  भने, मलाई माओबादी भन्दा एमालेका साथीहरु प्रति धेरै माया लाग्ने गरेको छ । अब हामी एक भएर अघि बढौं र तपाईहरुको अधिकारलाई सुनिश्चित गर्छौ भोट दिनुस् ।

नेपाली कांग्रेस आफुहरुको एकतालाई देखेर तर्सिएको टिप्पणि गर्दै उनले अबको देश बनाउने र नागरिकहलाई सेवा, सुबिधा तथा अधिकार सम्पन्न बनाउने जिम्मेवारी बाम गठबन्धनकै भएको जिकिर पनि गरे ।

एकबर्ष टिक्न नसक्ने सरकारका कारण बिकास निर्माणहरु रोकिएको र सम्भाबनाहरु अलपत्र परेको भन्दै उनले अब पहिचानमा आधारित र आबस्यकतामा केन्द्रित बिकास गरेरै छाड्ने प्रतिबद्धता जनाए । मंसिर २१ गतेलाई ऐतिहासिक दिनका रुपमा व्याख्या गर्दै नेता महराले जनताहरुलाई ख्याल गरेर मात्रै भोट हाल्न सुझाब दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप