बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा बम विष्फोट, हामीले जे देख्यौं ! (फोटोफिचर)

बिहीबार, ३० कात्तिक २०७४, २१ : ०६
बिहीबार, ३० कात्तिक २०७४

राजेश भण्डारी/ बिजु महर्जन 
गोरखा – हामी गोरखा बजारमा थियौं । बाम गठबन्धनका उम्मेद्वार नारायणकाजी श्रेष्ठलाई लक्षित गरेर बम विष्फोट भएको खबर हावासरी फैलिएसँगै हामी घटनास्थल तर्फ दौडियौं । 


गोरखा नगरपालिका–११ सिर्दीखोलाको पुलमा विष्फोट भएको कुरा सुन्नासाथ हामीले जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजाललाई सोध्यौं, ‘घट्ना के हो ?’ डिएसपी रिजालले बम विष्फोट भएको तर नारायणकाजी श्रेष्ठलाई लक्षित नगरिएको बताए । 


रातोपाटी टिम घट्नास्थलतर्फ जाँदा गोरखा बाह्र किलोमा  बाम गठबन्धनका नेता कार्यकर्ताहरु जम्मा भएका थिए । त्यहाँ गठबन्धनको बैठक थियो, माओवादी नेता नारायणकाजी श्रेष्ठ बैठकलाई संवोधन गर्दै थिए । हल्ला फैलिएजस्तै नारायणकाजी श्रेष्ठ र उनको सवारी साधनलाई लक्षित गरेर बम विष्फोट गराईएको थिएन ।


नारायणकाजी सहभागी बैठक स्थलभन्दा करिब १ किलोमिटर टाढा सिर्दीखोलामा बाम गठबन्धनले प्रयोग गर्दै आएको बा २ च ९४६३ नम्बरको गाडी धोईपखाली गर्नका लागि लगिँदै थियो । 


सोही गाडीमा सवार स्थानिय राजन श्रेष्ठका अनुसार टासी शेर्पाको स्वामित्वमा रहेको उक्त गाडी सिर्दीखोलाको पुल नजिकै पुग्दा ठुलो धमाका सहितका आवाज आयो ।

 

‘हामीले पहिले चक्का पड्किएको लख काट्यौं’ श्रेष्ठले रातोपाटीसँग भने, ‘गाडीको पछिल्तीर फोहोरको थुप्रोमा खाल्डो देखेपछि  एम्बुसमा परेजस्तो लागेर तार नियाल्न खोज्यौं तर त्यहाँ तार थिएन् ।’ 


उनका अनुसार बोरामा राखिएको पोको नजिकै गाडी पुगेपछि अकस्मात बम विष्फोट भएको थियो । घट्नास्थमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी प्रकाश अधिकारी र शसस्त्र प्रहरी बलको फौज उल्लेख्य संख्यामा उपस्थित भैसकेका थिए ।  विष्फोट गराउने कार्यमा संलग्नहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 


बम विष्फोट भएको करिब एकघण्टा पछि नारायणकाजी श्रेष्ठ ठगबन्धनको चुनावी बैठक सिध्याएर सिर्दीखोला हुँदै अगाडी बढे ।

उनका गाडीका चक्काहरुले बचेखुचेको बमका छर्रा किच्दै अगाडी बढ्यो । गाडीलाई नेपाल प्रहरीको एउटा मोटरसाईकलले पछ्यायो, हामी गोरखा बजार पर्कियौं ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप