बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेनीमा भेटियो हजारको नक्कली नोट

शुक्रबार, ०१ मङ्सिर २०७४, ०९ : ०६
शुक्रबार, ०१ मङ्सिर २०७४

म्याग्दी - म्याग्दीको सदरमुकाम बेनीमा एक हजारको नक्कली नेपाली नोट भेटिएको छ । 

बिहीबार लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट भेटिएपछि परीक्षणका क्रममा नक्कली रहेको पाइएको सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताए ।

उनका अनुसार शंका लागेपछि नेपाल बैंकको नोट परीक्षण गर्ने मेसिनबाट परीक्षण गर्दा नक्कली नोट भएको पुष्टि भएको हो । 

उक्त नक्कली नोटको संकेत नम्बर ९च२५० ४३६१३३ रहेको छ । 

केही महिनाअगाडि ५०० को नोट भेटिए पनि एक हजारको नक्कली नोट पहिलोपटक बजारमा भेटिएकाले नक्कली नोटको गिरोह जिल्लाभित्र नै हुनसक्ने अनुमान गरिएको छ । 

विगतमा बेनी अस्पतालमा समेत ५०० को नक्कली नोट भेटिएको थियो
 ।

गत स्थानीय तहको निर्वाचन आसपासको समयमा समेत नक्कली नोट भेटिएका थिए । निर्वाचनको प्रयोजनका लागिसमेत नोटको प्रयोग भएको हुनसक्ने सम्भावना देखिएको छ । 

भीडभाडमा यस्ता नोटहरुको कारोबार हुनसक्ने भन्दै प्रहरीले जानकारी गराउन अनुरोध गरेको छ । 

बेनीबजारसँगै ग्रामीण क्षेत्रसम्म नक्कली नोटको प्रयोग हुनसक्ने भन्दै नोट खरिद–बिक्री गर्दा सक्कली र नक्कली नोटको पहिचान गर्नसमेत प्रहरीले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप