बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

६ सय करोड ‘प्रोजेक्ट’ का सूत्राधार

शुक्रबार, ०१ मङ्सिर २०७४, ११ : २६
शुक्रबार, ०१ मङ्सिर २०७४

बेच्न चाहने त्यत्तिकै छन् ।

चाहना गरेरमात्रै भएन । बेच्न खोजिएका चीज किन्नलायक हो कि होइन ? किन्नेलाई आवश्यक छ कि छैन ? अनावश्यक चीज हो भने जति नै ‘मार्केटिङ’ गरे पनि किन्नेले किनिदिँदैनन् । बिक्री भएन भने बेच्न खोज्नेसमेत उँभो लाग्दैनन् । 

‘कन्सेप्ट’ बेच्न चाहने धेरै छन् । ‘कन्सेप्ट’ बेच्न सक्नेले आफूमात्रै होइन, किन्नेको समेत कल्याण गर्न सक्नुपर्छ । जगत पोखरेल आफूमात्रै होइन, धेरैभन्दा धेरैको भविष्य उज्यालो बनाउने अभियानमा लागिपरेका छन् । भिजन लुम्बिनीका सूत्राधार पोखरेलले जानकारी गराए, ‘भिजन लुम्बिनी सकारात्मक सोच भएका मानिस जुटेर समृद्ध मुलुक बनाउने अभियान हो ।’

चार वर्षअघि स्थापित भिजन लुम्बिनी लिमिटेडमा अहिले ‘क्यापिटल’ पुँजी १० करोड संकलन भइसकेको छ । ‘हामीले रचनात्मक कामसमेत सुरु गरिसकेका छौं,’ उनले संस्थाले गरेको अहिलेसम्मको प्रगति सुनाए, ‘६ बिघा जग्गा किनेका छौं । टुर एन्ड ट्राभल सुरु गरिसकेका छौं । प्याकेज टुर चाँडै थाल्ने हो । भिजन लुम्बिनी सेतीखोला हाइड्रोपावरको अनुमतिपत्र हात पारिसकेका छौं ।’ 

भिजन लुम्बिनीले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सञ्चार, ऊर्जा, रिसर्च डेभलपमेन्टसँग जोडेर प्राविधिक विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको छ । उल्लिखित काम गर्नलाई सीमित होइन, असीमित मानिसको जनसहभागिता चाहिन्छ । जनसहभागितामा काम गर्न चाहने भएकाले सहभागी हुन इच्छुकलाई भिजन लुम्बिनीले ढोका खुला राखेको छ । प्रमुख कार्यालय लुम्बिनीमा राखेको उसले आफ्नो ‘नेटवर्क’ राष्ट्रव्यापी बनाउँदै लगेको छ । 

६ सयजना सदस्य बनिसकेका भिजन लुम्बिनी लिमिटेडमा युवा, व्यापारी, औद्योगिक क्षेत्रसम्बद्ध व्यक्ति, चिकित्सक, इन्जिनियर, वकिल, राजनीतिक नेतासमेत रहेका छन् । ‘यसलाई कर्पोरेट कल्चरमा ढाल्न चाहेका छौं,’ पोखरेलले भने, ‘सबैले समान सेयर लगानी गर्ने प्रावधान बनाएका छौं । प्रतिव्यक्ति १ लाख १० हजारको सेयर रहनेछ । तर, भिजन लुम्बिनीका उत्पादनमध्ये एक हाइड्रोपावरमा जसले जति लगानी गर्छ, त्यसैका आधारमा प्रतिफल पाइन्छ ।’ 

सरकारले जगत पोखरेललाई पश्चिमाञ्चल ग्रामीण विकासको अध्यक्षमा नियुक्ति गर्यो । पश्चिमाञ्चल ग्रामीण विकासअन्गर्ततका शाखा हेर्न पोखरेल अर्घाखाँची पुगेका थिए । ‘गोरुसिंगेबाट माथि जान तीन घन्टा, फर्कन पनि त्यत्ति नै समय लाग्दोरहेछ,’ पोखरेलले भिजन लुम्बिनी लिमिटेड स्थापनाको पृष्ठभूमि सुनाए, ‘सम्बन्धित व्यक्तिलाई सम्बन्धित ठाउँ पुग्न र फर्कन ६ घन्टा लागेपछि उसले कतिबेला पैसा संकलन गर्छ । समूह बनाउनेलगायत अन्य काम कतिबेला गर्लान् ? त्यस्तो अवस्था देखेपछि इन्जिनियर लेखनाथ पाण्डेलाई सुनाएँ । हामी छलफलमा बाक्लै बस्यौं । अन्ततः भिजन लुम्बिनी लिमिटेड स्थापना गर्ने निष्कर्षमा पुग्यौं ।’ 

हिजो हुन्न भन्नेहरूले समेत सम्भावना देखेका छन् । भिजन लुम्बिनीमा आबद्ध हुन लोभिएका छन् । त्यो उसले अहिलेसम्म निकालेको सामान्य नतिजाको प्रतिफल हो । भिजन लुम्बिनीको गतिविधिले त्यतिसम्म बनाउनु सामान्य कुरो होइन ।

‘साझो कि बाझो’ भन्ने नेपाली उखान प्रचलित छ । संस्थालाई पारदर्शी बनाउँदै अघि बढ्ने चुनौती छँदै छ । ‘लडाइँ भनेकै पद र पैसामा हो । पारदर्शी भयौं भने सबै मिलिन्छ । होइन भने तितरबितर भइन्छ,’ भिजन लुम्बिनीका सूत्राधार पोखरेलले प्रस्ट्याए, ‘भिजन लुम्बिनीमा एजीएम, काउन्सिल मेम्बर, बोर्ड मेम्बर छन् । सबैलाई गाइड गर्ने विशेषज्ञ र सल्लाहकार समूह छ । त्यसपछि क्रमशः बोर्ड अध्यक्ष, एकजना बोर्ड मेम्बर, सेक्रेटरियट र विभागसमेत बनाएका छौं । एकले अर्कोलाई निगरानीमा राखेको हुन्छ । यति भएपछि भिजन लुम्बिनी पारदर्शी बनाउन अप्ठ्यारो छैन ।’ 

हिजो हुन्न भन्नेहरूले समेत सम्भावना देखेका छन् । भिजन लुम्बिनीमा आबद्ध हुन लोभिएका छन् । त्यो उसले अहिलेसम्म निकालेको सामान्य नतिजाको प्रतिफल हो । भिजन लुम्बिनीको गतिविधिले त्यतिसम्म बनाउनु सामान्य कुरो होइन । ‘म दैनिक बिहान सातदेखि बेलुका नौ÷दस बजेसम्म यसैका लागि लागिपरेको छु,’ उनले गौरव गरे, ‘डेढ वर्षको समयमा चौतारी माइक्रो फाइनान्स र भिजन लुम्बिनी लिमिटेड स्थापना गर्यौं । पहिले नपत्याउनेहरूले भविष्य देखेपछि पछि लाग्न थालेका छन् ।’ तर, व्यवस्थापन गर्ने चुनौती रहेको उनले स्वीकारे । 

संस्थाको उद्देश्य पूरा गर्ने धेरै सूत्र हुन्छन् । त्यसमध्येका महत्वपूर्ण एक सूत्र के होला ? ‘१८/४० वर्ष उमेर समूहकाले सिक्ने । ४०/६० ले नेतृत्व गर्ने,’ उनले उत्साहित हुँदै सुनाए, ‘६० वर्षमाथिकाले अभिभावको भूमिका निर्वाह गर्ने हो ।’ यसो गर्न सकेमा संस्था उँभो लगाउन समय लाग्दैन । 

कुन क्षेत्रमा लगानी गर्दा सबैको भलो हुन्छ भन्ने ‘ड्रिम प्रोजेक्ट’का सूत्राधारलाई राम्रै थाहा छ । नहुने कुरै भएन । संस्थाले शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, ऊर्जा, रिसर्च डेभलपमेन्टमा लगानी गर्ने योजनाबद्ध योजना तर्जुमा गरेको छ । उल्लिखित क्षेत्रका सबैलाई जोडेर विश्वविद्यालय स्थापना गरेपछि भिजन लुम्बिनीको अवधारणा पूर्ण हुने उनको ठम्याइ छ । 

महत्वाकांक्षी परियोजनाको महत्वाकांक्षी सपना हुन्छन् । महत्वाकांक्षी सपना त्यत्तिकै खतरनाक मानिन्छ ? महत्वाकांक्षी सपना पूरा गर्न चुनौती पनि हुन्छन् । ‘नो रिस्क, नो गेन,’ उनको तर्क छ, ‘म चुनौतीसँग खेल्दै रमाउने मानिस हुँ । मानिसको अभिरुचि कहाँ छ भन्ने बुझेको छु । त्यसलाई पूरा गर्न चुनौती छन् । तर, सकारात्मक सोचसहित अघि बढ्दा नतिजा सकारात्मक नै आउँछ भन्नेमा विश्वस्त छु ।

स्थानीयस्तरका विभिन्न राजनीतिक दलसम्बद्ध नेतासँग भिजन लुम्बिनी लिमिटेडबारे छलफल, बहस चलेकै छन् । संस्थाको काम, उद्देश्यबारे जानकारी गराउन उनलाई पटक्कै अल्छी लागेको छैन । संस्था दर्ता गरेपछि नेता टोपबहादुर रायमाझी, विष्णु गौतम, बालकृष्ण खाणसम्मलाई जानकारी गराउन भ्याएका छन् । सहयोग चाहियो भनेका छन् । उनीहरूबाट आश्वासन पनि पाएकै छन् । त्यतिले मात्रै पुग्दैन । उनले केन्द्रीयस्तरमा विभिन्न दलसम्बद्ध नेतासँग भिजन लुम्बिनी लिमिटेडबारे जानकारी गराउनेमात्रै होइन, सहयोग माग्न चाहेका छन् । त्यसका लागि अनुकूल समय पर्खिरहेका छन् । 

बुटवलमा अस्पताल चलाएका उनले मिडियामा समेत काम गरे । बुटवलको भैरव व्याग हाउसबारे थाहा नपाउने कमै होलान् । भैरव ब्याग हाउस ब्रान्ड मानिन्छ । त्यतिमात्रै होइन, पाँच बैंक ‘मर्ज’ गरेर अहिलेका ग्रामीण विकास बैंक बनाउने उनको भूमिका अहम रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप