आकर्षक मोडलका नयाँ इलेक्ट्रिक गिजर अब सिजी ब्राण्डमा
शुक्रबार, ०१ मङ्सिर २०७४, १४ : ३६
काठमाडौं– सि.जी. ब्राण्डले अरु भन्दा भिन्न तथा सरल प्रविधि भएका तिनवटा नयाँमोडलका इलेक्ट्रीक वाटर हिटरहरु नेपाली बजारमा ल्याएको छ ।
उक्त इलेक्ट्रीक हिटरहरु १०, १५ र २५ लिटरमा उपलब्ध छन् । जसमा धेरै भन्दा धेरै नयाँ विशेषताहरु रहेका छन् । यसमा अर्थ लिकेज सर्किट ब्रेकर जस्ता मुख्य विशेषता छन् ।
जसको कारण करेन्टलाई लिकेज हुन र लाग्न बाट जोगाउँदछ । यसमा उच्च गुणस्तरको हिटिङ तत्व राखेको छ । जसले अधिकतम आयु र न्यूनतम शक्ति खपत गर्नुका साथै ७५ डिग्री सेल्सियस तापक्रम सम्म बढाउन सकिने छ । त्यस्तै मुख्य विशेषता ट्याङकीमा ५ वर्षको वारेण्टी रहेको छ ।