छैठौ कर दिवस : कर्मचारी सुरक्षा सम्बोधन गर्न विशेष योजनाको तयारी
शुक्रबार, ०१ मङ्सिर २०७४, १४ : ५२
काठमाडौं– सरकारले आन्तरिक राजस्व विभागलाई आवश्यक सबै खालको सेवा र सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले आन्तरिक राजस्व विभागलाई आवश्यक सबै खालको सेवा, सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् ।
छैठौं राष्ट्रिय कर दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले कर सेवालाई जनमैत्री बनाउन आवश्यक नीतिगत, कानुनी र प्रशासनिक निर्णय लिन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।
मुख्य सचिव रेग्मीले राजस्व विभागका कर्मचारीमाथि हुने सुरक्षा चुनौतिलाई सम्बोधन गर्न विशेष योजना ल्याउन लागिएको जानकारी पनि दिए ।
मुख्य सचिव रेग्मीले राजस्व सेवालाई प्रभावकारी ढंगले संचालन गर्न पनि मातहतका निकायलाई सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी