शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङको युवा लक्षित विभिन्न कार्यक्रम सम्पन्न : नयाँ पुस्ता सक्षम हुने विश्वास

शुक्रबार, ०१ मङ्सिर २०७४, १५ : ०९
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौँ । सामसङले युवा लक्षित विभिन्न तालिम तथा कार्यक्रम सम्पन्न गरेको छ । सामसङ इलेक्ट्रोनिक्स ले विगतको केही वर्षदेखि आफ्नो कर्पाेरेट सामाजिक उत्तरदायित्व अन्तर्गत नागरिकलाई सहयोग गर्दे आईरहेको  छ । 

यस अन्तर्गत सामसङ (दक्षिण कोरिया) ले विभिन्न सि.एस.आर परियोजना मध्ये सामसङ कर्मचारी स्वयम्सेवक कार्यक्रम आयोजना गरी नेपाली युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा सहयोग गरेको छ । उनीहरुलाई तालिम दिनको लागि २६ जना कोरियाको टोलि नेपाल आएको थियो । 

यो तालिम विषेशता महिला उद्यमशीलतालाई सहयोग गर्ने उदेश्यले संचालन गरेको सामसङले जनाएको छ । तालिममा सामसङ टिमले स्वयम्सेवकलाई ग्राफिक डिजाईनिङ र फोटोसपको बारेमा जानकारी गराएको थियो । महिला लक्षित यस तालिमले महिलाको भावी जीवननै उपलब्धिपूर्ण हुने विश्वास राखेको छ । 

सामसङ टीमको प्राविधिक समूहले नेपालका एक सय विद्यार्थी र ६ वटा विद्यालयका १० जना कम्प्यूटर शिक्षकहरुलाई प्रशिक्षण पनि  दिएको छ । यो तालिमका लागि  आवश्यक पर्ने आईटी उपकरणहरु तथा अन्य आवश्यक पर्ने सामग्रीहरु कोरियाबाटनै खरिद गरेर ल्याइैएको सामसङले जनाएको छ । तालिममा प्रयोग गरिएको सामान तालिम पश्चात विद्यालय लाईनै प्रदान गरिएको छ । तालिम सामग्रीबाट अन्य ७ सय भन्दा धेरै विद्यार्थीलाई तालिम दिन मिल्ने जनाईएको छ । 

यस्ता तालिम सामसङले यस अघि अफ्रिकामा संचालन गरेको थियो । त्यहाँको कार्यक्रम सफल भएपछि नेपालमा तालिम संचालन गरिएको हो । 

तालिम नोभेम्बर ११ देखि आज १७ सम्म ज्ञान सिन्धु एकेडेमीमा संचालन गरिएको सामसङले जनाएको छ । तालिममा सोही विद्यालयका कक्षा ७ र ८ का विद्यार्थीलाई एम.एस. वर्ड र कक्षा ९ का २६ जना अन्य विद्यार्थीलाई एच.टी.एम.एल सम्बन्धी प्रशिक्षण दिइएको थियो ।

सामसङले अन्य विद्यालयका प्रशासनसंग सम्बन्धित १० जना कर्मचारीलाई एम.एस.एक्सल र १० जना शिक्षकलाई एम.एस प्वार पवाइन्ट तालिम पनि प्रदान गरिएको छ । यस्ता कार्यले कोरिया र नेपाल बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै उपलब्धीपूर्ण हुने विश्वास लिएको छ । 

सामसङले नयाँ पुस्तालाई सक्षम बनाउने उदेश्य सहित विगतका केही वर्ष देखि तालिम संचालन गर्दै आईरहेको छ । यस्तै यस अन्तगर्त ५ वटा विद्यालयमा स्मार्ट कक्षाको स्थापना गरेको छ । जसअन्तर्गत आदर्श कन्या निकेतन, हाइयर सकेन्डरी,छात्रा विद्यालय, प्रभात सेकेन्डरी, ज्ञानोदय, नेपाल आदर्श सेकेन्डरी र श्री कासी श्री विरेठाँटी सेकेन्डरी स्कुल रहेका छन् । यस्तै सामसङले सुन्दी सेकेन्डरी स्कुललाई ३ हजार ५ सय भन्दा धेरै पाठ्य पुस्तकहरु प्रदान गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप