बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली चलचित्रमा पनि अब हलिउड क्वालिटी, दीपेन्द्रले भित्र्याए नयाँ प्रबिधि

शुक्रबार, ०१ मङ्सिर २०७४, १५ : २२
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौं - अब नेपाली चलचित्रमा पनि बिदेशी पिक्चर क्वालीटिमा देख्न पाइने भएको छ । पर्दामा देखिएको नेपाली चलचित्रको धमिलो पिक्चरको ठाउँमा उत्कृष्ट पिक्चर दिन निर्देशक दीपेन्द्र के खनालले रेडको एइठ्के क्यामरा नेपाल भित्र्याएका छन् । 

बिहिबार आयोजित एक कार्यक्रम उक्त क्यामरा सार्वजनिक गरियो । निर्देशक दीपेन्द्र र चलचित्र ‘लभ लभ लभ’का नायक सुरज पाण्डेले क्यामेराको घुम्टो खोले ।
दीपेन्द्रले कलाकार सुरजकै सहयोगमा यो क्यामरा नेपाल भित्र्याएका हुन् । एक करोड मुल्य बराबरको क्यामरा रेड ब्राण्डको अत्याधुनिक र सबैभन्दा पछिल्लो मोडल हो । 

क्यामरासँगै कार्यक्रममा डिसी डिजिटल नामक उपकरण कम्पनी समेत लन्च गरियो । ३५.४ मेगापिक्चल र उच्च डनयनामि रेन्जले भरिएको क्यामरा बिशिष्ट भएको कार्यक्रममा जानकारी दिइयो । 

कम भन्दा कम प्रकाशमा पनि उत्कृष्ट पिक्चर दिन सक्ने यो क्यामरा हलुङ्गो पनि छ ।  ताररहित सेटअप, अटोमेटीक साउड समात्ने र यसले खिचिएको दृश्य चाहे अनुसार रुपान्तर गर्न सकिने भएकोले नेपालको लागि यो क्यामरा लाभदायक सिद्ध हुने निर्देशक खनालले बताए ।

‘मैले मल्टीप्लेक्समा दर्शकसँगै धेरै चलचित्र हेर । सो क्रममा स्वदेशी र बिदेशी बिज्ञापन पनि धेरै हेरियो’ खनालले भने ‘नेपाली बिज्ञापन आउँदा  दर्शकले गरेको कम्प्लेन र बिदेशी बिज्ञापन आउदा दर्शकले गरेको क्वालिटीको तारिफले मलाई यो क्यामरा भित्र्याउन प्रेरित गर्यो ।’ यो क्यामराले खिचिएको दृश्य हलिउड र बलिउडभन्दा कुनै कमी नहुने दाबी गरे ।

दीपेन्द्रले क्यामरा आफ्नै चलचित्र खिच्नुको अलवा भाडामा पनि लगाउने  विचारमा छन् । ‘सबैको चलचित्र राम्रो बन्नु पर्छ भनेर क्यामरा भाडामा पनि राख्न लागिएको हो ’ उनले थपे ‘हामीले क्यामरासँगै रेडका आधुनिक लेन्सहरु पनि भित्र्याएका छौ । जसबाट आफूले चाहेको पिक्चर निकाल्न सकिन्छ । 

खनाल नेपाली चलचित्र क्षेत्रका प्रयोगवादी निर्देशक पनि हुन् । उनले यस अगाडी पहिलो थ्रिडी चलचित्र ‘भिजिलान्ते’ समेत बनाएका थिए । थुप्रै सफल चलचित्र निर्देशन गरेका दीपेन्द्र अहिले चलचित्र ‘चङ्गा चेट’को तयारीमा छन् । यो चलचित्र उनले नयाँ क्यामर बाट खिच्ने छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप