शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विपक्षीहरुले उम्मेदवारहरुको हत्या गर्ने मनसायले नुवाकोटमा बम विस्फोट गराए : नेपाली काङ्ग्रेस

शुक्रबार, ०१ मङ्सिर २०७४, १७ : २१
शुक्रबार, ०१ मङ्सिर २०७४

ललितपुर– नेपाली कांग्रेसले नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं  १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार  पूर्व मन्त्री डा. रामशरण महत र सोही क्षेत्रको प्रदेश सभा (ख)का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गरि गरिएको बम विष्फोटनको निन्दा तथा भत्र्सना गरेको छ ।

निर्वाचनको प्रचार प्रसारमा हिँडेका बेला महतद्धय चढेको गाडीलाई लक्षित गरी शुक्रबार विहान करीब १० बजे ककनी गाउँपालिका वडा नं. ५ काउथेथाना नजिक प्रेसरकुकर बम विष्फोट गरिएको थियो । उम्मेदवारहरुसँगै चुनावी प्रचार प्रसारमा हिडेका उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, रमेश राई लगायतका नेपाली कांग्रेसका ५ जना कार्यकर्ताहरु गम्भीर घाइते भएका छन् । घाइतेहरुको अहिले काठमाडौँमा उपचार भैरहेको छ । 

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा शुक्रबार प्रकाशित विज्ञप्तिमा भनिएको छ,“नेपाली कांग्रेसप्रतिको जनलहरबाट अत्तालिएर आपराधिक मानसिकता बोकेका विपक्षीहरुद्वारा नेपाली कांग्रेसका उम्मेदवारहरुको नै हत्या गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।”

नेपाली कांग्रेसले यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो हस्तक्षेप गरेको जनाउदै घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग पनि गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप