शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले र माओवादी कोट झुन्डाउने कम्युनिष्ट : बाबुराम

शुक्रबार, ०१ मङ्सिर २०७४, १७ : ४२
शुक्रबार, ०१ मङ्सिर २०७४

गोरखा -नयाँ शक्तिका नेता तथा गोरखा २ बाट प्रतिनीधिसभाका उम्मेदवार डा.बाबुराम भट्टराईले एमाले र माओवादी कोट झुन्डाउने कम्ष्ुनिष्ट भएको बताएका छन् । आज गोरखाको बतासेमा चुनावी सभालाई सम्बोधन गर्दै नेता भट्टराईले कार्यशैली र व्यवहारले उनीहरु कम्युनिष्ट हुनै नसक्ने बताए ।
त्यसै गरी उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यष प्रचण्ड एउटा बंचरो बराबर नभएको टिप्पणी गरे । ओली र प्रचण्डले कर्कलालाई हान्न बंचरो नचाहिने बताएपछि बाबुरामले त्यसको जवाफ दिएका हुन् । उहाँहरुले मलाई कर्कलो भन्नुभयो । दुई जना आउदा पनि भएन भनेपछि उहाँहरु एक बंचरो बराबर पनि हुनुभएन । बाबुरामले भने । 

बाबुरामले भने

मलाई केही साथीहरूले अस्थीर भन्नुभएछ । हिजो राजतन्त्रका विरुद्ध म अडिग रहँदा राजतन्त्र गयो । अब देशको विकास र समृद्धिका लागि नरक जान परे पनि तयार छु । देशको विकास र समृद्धिका लागि म गतिशील भएको हो अस्थीर हैन ।

काँग्रेससँगको सहकार्यलाई प्रतिक्रान्ति, अवसरवाद भन्नुभएछ, यदी यसो हो भने हिजो काँग्रेससँग मिलेर भरतपुरमा अनेक हतकण्डा अपनाएर छोरी जिताउनु के हो ? काँग्रेससँग मिलेर सरकार बनाउनु के हो ? लाज पचाएर विनाविभागीय मन्त्री भएर तलब भत्ता खानु के हो ? नेपाली काँग्रेससँगको सहकार्य देशको विकास र समृद्धिका लागि हो । यसको रणनीतिक महत्व र उद्देश्य छ ।

 बाटोमा भुक्ने सबै कुकुरलाई ढुंगा हान्दै बस्यो भने गन्तव्य/लक्ष्यमा पुगिँदैन । म त्यसरी ढुंगा हान्न लाग्दिन आफ्नो बाटोमा हिँडिरहन्छु, तपाईंहरु पनि भुक्ने कुकुरको पछि नलागी आफ्नो काममा लाग्नुस । कम्युनिस्ट केन्द्र निर्माण सम्भव छैन, उहाँहरु नहुने कुरा र आफैंले छोडिसकेको कुरा भनेर जनतालाई भ्रममा पार्दै हुनुहुन्छ । त्यसको पछि लाग्न आवश्यक छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप