शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रुडेन्सियल इन्स्योरेन्सको सोह्रौं वार्षिक साधारणसभा

शुक्रबार, ०१ मङ्सिर २०७४, १७ : ५१
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौं – निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिकोतर्फबाट अध्यक्ष अशोक कुमार अग्रवालद्धारा प्रस्तुत यो आर्थिक वर्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको जनाएको छ ।

 
कम्पनीले आर्थिक वर्ष ७३/७४मा १ अर्ब २५ करोड ८५ लाख ९४ हजार  ६ सय ५० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको जानकारी दिइएको छ ।

कम्पनीले आर्थिक वर्ष २/७३/७४मा आर्जन गरेको प्रिमियम अघिल्लो वर्षको तुलनामा ४४.३८ प्रतिशतले अधिक हो । कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम साविक ४२ करोड  ७६ लाख ८० हजार चूक्ता पुँजीमा कम्पनीको सोह्रौ ंवार्षिक साधारण सभाबाट २०५ बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप