शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस

शुक्रबार, ०१ मङ्सिर २०७४, १७ : ५९
शुक्रबार, ०१ मङ्सिर २०७४

 काठमाडौं – एभरेष्ट बैंकले ३३ प्रतिशत बोनस दिने निर्णय  गरेको छ । ३३ प्रतित बोनस सेयर दिने दिने निर्णय नेपाल राष्ट्र बैंक तथा आउँदो बार्षिक साधरणसभाबाट अनुमोदनपछि लागूहुने समेत जनाएको छ ।

 बैंकको बोर्ड अफ डाइरेक्टर्स  आज ३० गते शुक्रबार बसेको थियो ।  बैंकले चुक्ता पूँजी  ८ अर्व भन्दा बढि पुर्याउने लक्ष्य सहित  अघि बढ्ने निर्णय गरेको जनाएको छ ।  बैंकको आफ्नो २३ औं स्थापना दिवसमा देशैभरीका सबै शाखाहरुमा संस्थागत सामाजिक उत्तरदायित्व दिवसको रुपमा मनाईएको थियो ।

हाल, बैंकले व्यवसायिक तथा सशक्त बैंकिङ्ग सेवा आफ्ना देशभरका ६४ वटा शाखा संजाल, २ वटा बिस्तारित काउन्टर, २८ वटा राजस्व संकलन काउन्टरहरु, ९४ वटा एटिएम तथा विश्वभरका कयौं प्रतिनिधिहरु मार्फत सेवाग्राहीलाई प्रदान गर्दै आएको छ ।

बैंकले छिटै आफ्ना १६ वटा नयाँ शाखाहरु र ५ वटा बिस्तारित काउन्टरहरु खोल्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप