किन हुँदैछ अमेरिका र कोरियाका उच्च आणविक अधिकारी भेटवार्ता ?
सोल – संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका उच्च आणविक अधिकारीबीच शुक्रबार भेटवार्ता भएको समाचार छ ।
दक्षिण कोरियाको राजधानी सोलमा भएको सो भेटमा उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक हतियारको प्रदर्शन र यसका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न समस्याका विषयमा कुराकानी भएको थियो ।
दक्षिण कोरियाको विदेशमन्त्रालयले जनाएअनुसार कोरियाली प्रायद्वीपका विषयमा दक्षिण कोरियाका विशेष दूत लि दु हुन र उक्त क्षेत्रका लागि अमेरिकी विशेष दूत जोसेफ युनबीच सो भेटवार्ता भएको छ ।
दक्षिण कोरियाको दक्षिणी एक प्रसिद्ध रिसोर्ट जिउ आइल्याण्डमा जारी रहेको संयुक्त राष्ट्रसंघीय आणविक अप्रसार सन्धीका विषयमा जारी सम्मेलनकै क्रममा भेटवार्ता भएको पनि प्राप्त समाचारमा जनाइएको छ ।
कोरियाली प्रायद्वीपमा जारी पछिल्लो समयको तनाव र उत्तर कोरियाको आणविक कार्यक्रमका विषयलाई लिएर हालै विश्वका विभिन्न छ शक्ति राष्ट्रका प्रतिनिधि सम्मिलित एक समिति बनेको छ ।
सोही समितिका तर्फबाट उहाँहरुको यो भेटवार्ता भएको सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति र कतारका राजाबिच आपसी सम्बन्ध मजबुत बनाउनेबारे छलफल
-
कतारी राजाको सवारी रुट खाली, तस्बिरहरू
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
-
बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनिवासमा भेटवार्ता