शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सल्लीबजारदेखि तुलसीपुरसम्म बस सञ्चालन

शुक्रबार, ०१ मङ्सिर २०७४, १८ : ३१
शुक्रबार, ०१ मङ्सिर २०७४

सल्यान – सल्यानको सल्लीबजारदेखि दाङ तुलसीपुरसम्म आजदेखि बस सञ्चालनमा आएको छ ।  सल्लीबजारदेखि सुर्खेत बोटेचौरबाट रामपुर कालीमाटी हँुदै तुलसीपुरमा आजदेखि बस सञ्चालनमा आएको हो ।

भेरी राप्ती बस व्यवसायी समिति सल्लीबजार सल्यान र राप्ती सार्वजनिक यातायात तुलसीपुर दाङबीचमा आलोपालो गाडी सञ्चालन गर्ने सहमति भएको भेरी राप्ती समिति प्रधान कार्यालय सल्लीबजारका सचिव प्रेम पुनले बताए ।  

तुलसीपुरका लागि सल्लीबजारबाट बिहान ७ बजे र सल्लीबजारका लागि तुलसीपुरबाट बिहान ८ः४५ मा बस छुट्ने भेरी राप्ती यातायात कार्यालय प्रमुख टोपबहादुरले जानकारी दिए । सल्लीबजारदेखि तुलसीपुरसम्मको भाडा रु ४ सय ५० कायम गरिएको छ । 

सल्लीबजारबाट सीधै यातायातका साधन सञ्चालनमा नहुँदा दाङ आउन सुर्खेतको छिन्चु, कोहलपुर हुँदै दाङ पुग्नुपर्ने बाध्यता थियो । बस सञ्चालनमा आएपछि सात घण्टामै स्थानीय सल्लीबजारबाट दाङ आउन सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप