शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकतान्त्रीक गठबन्धनलाई राप्रपाले साथ नदिने (विज्ञप्तिसहित)

शुक्रबार, ०१ मङ्सिर २०७४, २० : ३२
शुक्रबार, ०१ मङ्सिर २०७४

हेमराज ढकाल


भक्तपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुर जिल्ला कार्यसमितिले नेपाली कांग्रेस भक्तपुरले तालमेल र गठबन्धनको विषयमा भ्रामक प्रचार गरेको आरोप लगाएको छ । पार्टीका जिल्ला अध्यक्ष दिनेश श्रेष्ठद्धारा जारी विज्ञप्तीमा कांग्रेसका जिल्ला सभापतिले विभिन्न कार्यक्रममा राप्रपा भक्तपुरसंग सहकार्य भएको भन्नेबारे भ्रामक, कपोकल्पित प्रचार गरेको उल्लेख गरिएको छ । 


यसबारे रातोपाटीसंग कुरा गर्दै अध्यक्ष श्रेष्ठले भने ‘कांग्रेससंग राष्ट्रियस्तरमा तालमेल भएपनि भक्तपुरमा भएको छैन्, प्रदेश तर्फ चारै सिटमा हाम्रो उम्मेदवार छन् ।’
राप्रपा जिल्ला तहका नेताहरुका अनुसार भक्तपुरमा कांग्रेससंग तालमेतल हुन नसकेपछि नेकपा एमाले र नेमकिपा मध्ये एकसँग सहकार्य गर्नेस्थितीमा पार्टी रहेको छ । 
जिल्ला अध्यक्ष श्रेष्ठका अनुसार पार्टीले राखेको सहकार्यको कुरा जसले पुरा गर्छ त्यसलाई सघाउने तयारीमा राप्रपा भक्तपुर रहेको छ । भक्तपुरमा प्रदेशसभा अन्र्तगत भक्तपुर प्रदेश बाहेक एक क्षेत्र मागेपनि कांग्रेसले नदिएपछि गठबन्धन टुटेको राप्रपाको भनाई छ । दुई राप्रपा एक हुदाँ भक्तपुरमा स्थानीय निर्वाचनमा आएको मत सूर्यविनायक नगरपालिकामा २ हजार १ सय ६९, चाँगुनारायणमा ५ हजार १ सय ९८, मध्यपुरमा ४ सय २८ र भक्तपुर नगरपालिकामा ९ सय १५ रहेको छ । 


केन्द्रियस्तरमा नै पार्टी विभाजन भएकाले अहिले जिल्लामा राप्रपा र राप्रपा (प्रजातान्त्रीक) को मत एकिन गर्न सकिने अवस्था छैन् । विभाजनपछि कतिपय कार्यकर्ता अन्यपार्टीमा पलाएन भएकालेपनि  भक्तपुरमा यि दुई पार्टीको अवस्था कमजोर रहेको देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप