पाँच वर्षका लागि स्थायित्वसहितको वाम गठबन्धनको सरकार बन्ने विश्वास’
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नै वाम गठबन्धन बनेकाले कोही पनि आत्तिनु जरुरी नभएको बताए ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै नेता दाहालले भने, ‘मुलुक र जनताको हितका लागि निर्माण भएको गठबन्धन कोही कसैको विरुद्ध लक्षित छैन, विचार मिल्ने एकै ठाउँमा बस्न सक्छन् र सक्नु पनि पर्छ ।’
पूर्वप्रधानमन्त्री दाहालले पटक पटक बदलिने सरकारका कारण जनता आहत छन् भन्दै अब पाँच वर्षका लागि राजनीतिक स्थायित्वसहितको वाम गठबन्धनको सरकार गठन हुने विश्वास व्यक्त गरे । उनले भने, ‘गठबन्धनको निर्माणपछि देशैभरि नयाँ उत्साह पैदा भएको छ, नेता कार्यकर्तामा नयाँ जोश भरिएको छ । जनस्तरमा समेत वाम शक्तिप्रति नयाँ खालको विश्वास पैदा भएको छ ।’
नेकपा (एमाले) र आफ्नो पार्टीबीच सहकार्य र एकताको प्रक्रिया शुरु भएका कारण पहिलो पटक मुलुकमा राजनीतिक स्थायित्व कायम हुन लागेको उनको धारणा थियो ।
कार्यक्रममा नेकपा र नयाँ शक्ति नेपाल पार्टीका केही नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नयाँ शक्तिका नेता प्रकाश विकल्पको नेतृत्वमा ५ सय ३८ र नेकपाका १सय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस
-
मोहित शर्माको नामसँग जोडियो यो खराब कीर्तिमान
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल