शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म्याग्दीका उमेद्वारलाई घरदैलोमा पुग्न भ्याइ नभ्याई ( हेर्नुस तस्वीरसहित)

शुक्रबार, ०१ मङ्सिर २०७४, २१ : २३
शुक्रबार, ०१ मङ्सिर २०७४

धिरन खत्री
 

म्याग्दी – आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको मिती नजिकिएसंगै म्याग्दीका गाउँ बस्तीमा उमेद्वार, नेता, कार्यकर्ताको दौडधुप बढेको छ । पछिल्लो समय गाउँगाउँमा दैनिक हुने कोणसभा, घरदैलो, आमसभामा र पाटी प्रवेशको लहरसंगै उम्मेदवारको भावि योजना तथा प्रतिबद्धता सुन्न आउने जनसहभागिताले चुनावी चहलपहल बढाएको  हो ।  
 
प्रतिनिधिसभामा एक र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना चुनावी मैदानमा उत्रिएपनि बाम र लोकतान्त्रीक गठबन्धनका उमेद्वारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभामा एमालेका भुपेन्द्र थापा र नेपाली काँग्रेसका खम्बिर गर्बुजा, प्रदेशसभाको क्षेत्र क मा माओवादी केन्द्रका बिनोद केसी र राप्रपाका भिमप्रसाद गौचन, प्रदेशसभा क्षेत्र ख मा एमालेकी नरदेवी पुन र काँग्रेसका अमलाल फगामी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रदेशसभा क्षेत्र ख की एमालेकी उमेद्वार पुन जिल्लाकै एक्ली महिला उमेद्वार हुन ।   बामगठबन्धनको मुल टोलीले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पक्षमा जित निकाल्नका लागि प्रदेश क्षेत्र ख सकेरे प्रदेश क्षेत्र नम्बर क को बेनी नगरपालिका रघुगंगा गाउँपालिकामा हुदै विहिबारदेखि अन्नपुर्ण गाउँपालिकामा चुनावी आमसभा सुरु गरेको छ । जिल्लाको विकासलाई पुर्णता दिन र पर्यटन, जलविद्युत, कृषि र जडिबुटीको सदुपयोग गरि स्वदेशमै रोजगार सिर्जना गर्न बामगठबन्धनको स्थायी सरकार मुलुकलाई आवश्यक रहेको हुदाँ प्रतिनिधि सभाका उम्मेद्वार भुपेन्द्र थापाले बामगठबन्धनलाई भोट गर्न मतदातालाई आग्रह गरेका छन् ।  

 

प्रदेश क्षेत्र नम्बर १ का उम्मेद्वार विनोद केसीले सडक शिक्षा, खानेपानी र भौतिक पुर्वाधार निर्माण लागि जिल्लामा भएको स्रोतसाधनलाई ब्यवस्थित युवा स्वरोजगार वातारण सिर्जना गर्नै प्रतिबद्धता ब्यक्त गरेका छन् 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप