शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चेपाङका लागि खानेपानी: स्वास्थ्य शिविर र सामुदायिक भोजन पनि

शनिबार, ०२ मङ्सिर २०७४, ०९ : ३९
शनिबार, ०२ मङ्सिर २०७४

धादिङ - अन्य गाउँमा चुनावको रन्को चलेको र उम्मेदवार मात्र होइन मतदातासमेत निर्वाचनमा प्रचारप्रसारका लागि लागेका बेला दक्षिणी धादिङको गजुरी–६ स्यामैडाँडाका चेपाङ भने वर्षौंदेखि खानेपानी समस्याको सपना पूरा गर्न योजना शुरु गरेका छन् । 

सत्य साई सेवा सङ्गठन नेपालले सामुदायिक खानेपानी योजना शुरु गरेको हो । सो योजनाको शिलान्यास रेड्डी र श्रीमती हाइमा रेड्डीले गरे। 

एकसट्ठी घर चेपाङ बस्तीमा खानेपानी समस्या छ । गाउँका बारेमा समाचार आएपछि सोही आधारमा खानेपानी योजनाका लागि सहयोग गरिएको संगठन नेपालका अध्यक्ष अमरबहादुर कार्कीले जानकारी दिए । 

सो अवसरमा चेपाङ समुदायमा निःशुल्क स्वास्थ्य शिविर र नारायण सेवा (सामुदायिक भोजन) आयोजना गरिएको थियो ।

शिविरमा बालरोग, स्त्रीरोग, दन्तरोग आँखा, साधारण जाँचमा विशेषज्ञ डाक्टरबाट परामर्श सेवा उपलब्ध थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप