शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्लाहीमा संयुक्त विद्यार्थी भेला सम्पन्न

शनिबार, ०२ मङ्सिर २०७४, ०९ : ४९
शनिबार, ०२ मङ्सिर २०७४

सर्लाही - बामगठबन्धनका प्रमुख दुई घटक एमाले र माओवादी निटक विद्यार्थी संगठनले सर्लाहीमा संयुक्त भेला आयोजना गरेका छन् । आसन्न प्रतिनीधिसभा र प्रदेशसभाको चुनावमा सर्लाहीमा बामपन्थी गठबन्धनका उम्मेदवार जिताउनका लागि अनेरास्ववियू र अखिल क्रान्तिकारीले संयुक्त रुपमा शुक्रवार यस्तो भेला आयोजना गरेका थिए ।

संयुक्त विद्यार्थी भेलालाई सम्बोधन गर्दै एमालेका जिल्ला अध्यक्ष रेवती पन्तले सर्लाहीमा बामगठबन्धनको जित सुनिश्चत भैसकेको बताए । उनले यस अघि सर्लाहीबाट चुनाव लडेका राजपा अध्यक्ष मण्डलका सदस्यद्धय महन्थ ठाकुर र राजेन्द्र महतोले जिल्ला छाडेर अन्य जिल्लामा चुनाव लड्न गएको प्रसंग कोट्टाउँदै यो नै बामगठबनन्धको जितको संकेत भएको बताए । ठाकुर महोत्तरी र महतो धनुषाबाट चुनाव लड्दै छन् । 

भेलालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव जीपी मैनालीले अव सर्लाही क्षेत्रीय राजनीति दल र काँग्रेसमुक्त हुने बताए ।

भेलामा अखिलका सचिव आरती लामाले बामगठबन्धनको जितका लागि यूवा विदार्थीको भूमिका महत्वपूर्ण हुने बताइन् ।

भेलामा बागठबन्धनका प्रतिनीधिसभाका उम्मेदवारहरु धुव्र गौतम, रामेश्वर राय यादव तथा प्रदेशसभाका उम्मेदवारहरु डिल्ली उप्रेती र वेची लुंगेलीलगायत उपस्थित थिए । 

भेलामा बामगठबन्धनका नेताहरु लुमडी धिमाल, डाचाराज वाग्ले, सुरेन्द्र लामालगायतकाले बामगठबन्धनको जितका लागि विद्यार्थीहरुले खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिएका थिए । सो अवसरमा विद्यार्थी नेताहरु विश्वमणि थापा, राकुकमार विश्जकर्मा, जगदेव महतो, अन्जना शिवाकोटी र शिवराज धमलालगायतले पनि मन्त्व्य राखेका थिए ।

भेलाले ५०१ सदस्यीय संयुक्त विदार्थी परिचालन समिति गठन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप