शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड : दोहोरो दबावमा अर्जुन : यसरी बन्न सक्छन् लोहनी हारजीतको फ्याक्टर

शनिबार, ०२ मङ्सिर २०७४, ११ : २७
शनिबार, ०२ मङ्सिर २०७४

बिदुर (नुवाकोट)—दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रकी उम्मेदवार विमला सुवेदीलाई हराउन सफल काङ्ग्रेस प्रभावशाली नेता अर्जुन नरसिंह केसी  प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन् । 

अहिले  तामझामका साथ चुनावी प्रचारप्रसारमा हिँडेका केसी पुनः क्षेत्र नम्बर २ बाट विजयी हुने दाबी गर्छन् । काङ्ग्रेसले विगतमा गरेको विकास निर्माणको काम, बाम गठबन्धनमा देखिने खटपटलगायकका कारण आफ्नो जित हुने उनको तर्क छ । 

तर, केसीको दाबी जस्तो उनलाई चुनाव जित्न सहज नभएको मतदाताहरु बताउँछन् । नुवाकोट दरबारमा क्षेत्रकी स्थानीय सीता ढङ्गोल बाम गठबन्धन एक भएकाले यसपटक चुनाव उसकै पक्षमा आउने दाबी गर्छिन् । उनी  गाउँघरमा हुने छलफल र भलाकुसारी आफूले बुझ्दा बाम गठबन्धनकै पक्षमा माहोल देखिएको तर्क गर्छिन् ।

वाम गठबन्धनबाट  स्थानीय स्तरमा भिजेका एमालेका एमालेका नारायण प्रसाद खतिवडा रहनु तथा  मनोनयन दर्तापछि  प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीका उम्मेदवारलाई पार्टीमा प्रवेश गराउनु लगायतका  कारणले गर्दा केसी दबाब देखिएको संकेत मिल्छ  । 

यद्यपि केसीले काङ्ग्रेसको नेतृत्वमा जिल्लामा विकास भएको र आर्थिक समृद्धिका लागि काङ्ग्रेस नै अब्बल रहेको भन्दै आफ्नो एजेण्डा जोडतोडका साथ मतदातासम्म लगिरहेका छन् । 

दोहोरो दबावमा केसी
स्थानीय चुनावमा पहिलो र तेस्रो भएको दुई पार्टी मिलेर बनेको वाम गठबन्धनबिरुद्ध एक्लै चुनावमा होमिएका केसी दबाबमा रहनु स्वाभाविकै हो । क्षेत्र नम्बर २ मा माओवादी केन्द्रले एमालेका उम्मेदवार नारायण प्रसाद खतिवडालाई सघाएको छ । माओवादी  र एमालेको मत एकै ठाउँमा पर्दा आफ्नो जित सहज हुने खतिवडा दाबी गर्छन् । 

तर, वाम गठबन्धन भनिएपनि मत भने सो अनुरुप नखस्ने काङ्ग्रेसको दाबी छ । पूर्व सांसद तथा प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार बहादुर सिंह लामा एमाले माओवादीका नेताहरु टाउकोमा मात्रै मिलेको तर तल्लो स्तरमा कार्यकर्ता र मतदातामा वाम एकताको भाव पैदा हुँदै नभएको दाबी गर्छन् । निरन्तर २ नम्बर क्षेत्रमा गरिएका घरदैलो र मतदाताबाट आएको प्रतिक्रियाबाट काङ्ग्रेसको  जित सुनिस्चित रहेको उनको दाबी छ । 

‘जसले विकास गर्छ उसैलाई भोट हाल्ने भन्ने मतदाताको प्रतिक्रिया पाइएको छ । विगतमा काङ्ग्रेसले नै नुवाकोटको विकास निर्माणमा अग्रणी भूमिका खेलेको प्रष्टै छ’, लामाले भने, ‘त्यसमाथि केन्द्रीय स्तरका  प्रभावशाली नेता नै उम्मेदवार रहेकाले वाम गठबन्धन भएपनि मत काङ्ग्रेसलाई आउँछ ।’

नेकपा माओवादी केन्द्र नुवाकोटका युवा नेता तथा तारकेश्वर गाउँपालिकाका इन्चार्ज  राजेन्द्र न्यौपाने भने  वामगठबन्धनको महत्व जनताले बुझेको भन्दै अत्याधिक बहुमतले खतिवडा विजयी हुने दाबी गर्छन् । ‘हार्ने निश्चित भएपछि अहिले गठबन्धनको भोट काङ्ग्रेसले पाउँछ भन्दै उहाँहरु हल्ला फैलाउँदै हिँड्नु भएको छ’, न्यौपानेले रातोपाटीसँग भने, ‘वाम गठबन्धनमा कुनै समस्या छैन र सोहि अनुसार भोट हाल्न  मतदाताहरु तयार भएर बसेका छन् ।’

यसो त वाम गठबन्धनसँगै केसी सामु अर्को चुनौति पनि टड्कारो रुपमा देखिएको नुवाकोटको चिसा पसलहरुमा चर्चा हुने गर्छ ।  प्रतितिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गराइसकेपछि डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीकी उम्मेदवार राज्यलक्ष्मी श्रेष्ठलाई  पार्टीमा भित्र्याएपछि लोहनी चिढिएका छन् । 

लोहनीको समेत प्रभाव रहेको क्षेत्र नम्बर २ मा उम्मेदवार नै केसीले लगेपछि लोहनी चिढिएका हुन् । उम्मेदवार नै काङ्ग्रेसमा प्रवेश गर्दा  राप्रपा राष्ट्रवादीको मत  स्वतः आफूलाई आउने बुझाईका साथ केसीले श्रेष्ठलाई पार्टीमा प्रवेश गराउन गलत भएको स्वयम् काङ्ग्रेस कार्यकर्ता बताउँछन् । 

एराप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्कीले क्षेत्र नम्बर २ मा उम्मेदवारले अन्तिम समयमा धोका दिएकाले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उम्मेदवार नै नभएको बताए । उनले उम्मेदवार नभएपनि आफूहरुको पक्षमा मत रहेको भन्दै सो मत कता जाने भन्नेमा निर्णय भइनसकेको बताए । 

पञ्चायतकालदेखि नै नुवाकोटका एक राजनीतिक हस्ती  लोहनीको  क्षेत्र नम्बर २ मा प्रभाव रहेको छ । त्यस्तैले एराप्रपाले गर्ने निर्णय हारजितको फ्याक्टर बन्न सक्छ । 

राप्रपा राष्ट्रवादीका प्रचारविभाग सदस्य सुन्दर पाण्डेले पार्टीलाई समानुपातिकमा जुन दलले मत दिन तयार हुन्छ उसैलाई प्रत्यक्षमा राप्रपा राष्ट्रवादीको सहयोग हुने बताए । 

‘क्षेत्र नम्बर २ मा हाम्रो  उम्मेदवार नरहेपनि हाम्रो पार्टी निकट मतदाताहरु ३ हजार बढी छन्’, पाण्डेले भने, ‘अहिलेसम्म कहाँ मत हाल्ने भन्नेमा  टुंगो नलागेपनि समानुपातिकमा राप्रपालाई मतहाल्न तयार हुनेलाई समर्थन रहन्छ ।’

जिल्ला पार्टी स्रोतका अनुसार राप्रपाको कसलाई सहयोग रहने भन्ने सवालमा केन्द्रीय स्तरमा नै छलफल चलिरहेको भएपनि टुंगोमा पुगेको छैन । यथार्थमा भने यसको टुङ्गो लागिसकेको छ, समानुपातिकका सघाउनेलाई लोहनीको पक्षको मत जान्छ ।  तर, समानुपातिकमा  राप्रपा राष्ट्रवादीलाई सघाउन काङ्ग्रेस र गठबन्धन नै अहिलेसम्म तयार भएका छैनन् । 

यसैलाई पुष्टि गर्दै काङ्ग्रेस केन्द्रीय सदस्यसमेत रहेका समानुपातिक उम्मेदवार बहादुर सिंह लामा भन्छन्, ‘समानुपातिकमा अरु पार्टीलाई सघाउने भन्ने कुरा रहँदैन र म नै समानुपातिकमा रहेकाले यो कुरा स्वीकार्य पनि हुँदैन ।’

उनले लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुले पनि समानुपातिकमा सघाउन आग्रह गरेको भएपनि हाललाई त्यस्तो कुनै सहमति नभएको भन्दै  लोकतान्त्रिकका प्रत्यक्ष उम्मेदवार भएका ठाउँमा मात्र काङ्ग्रेसले सहयोग गर्ने समझदारी भएको बताए । नुवाकोटमा लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसबाहेकको उम्मेदवारी छैन । 
 

लोहनी—केसीबीच व्यक्तित्वको टकराव
लोहनी र केसी पञ्चायतकालदेखि नै व्यक्तित्वको टकराव रहेको   नुवाकोटमा यथार्थ छर्लंग छ । पञ्चायतकालमा केसी र लोहनीबीच कहिल्यै राम्रो भएन भने जुन हालसम्म पनि उस्तै छ । 

केसी पञ्चायतको पतनसँगै काङ्ग्रेसको राजनीतिमा सक्रिय हुनुअघि नुवाकोटमा केसी र लोहनी विपरित ध्रुवमा रहेका थिए । तत्कालिन समयमा जितसिंह लोहनी, प्रकाशचन्द्र लोहनी र अर्जुन नरसिंह केसीको जगजगि थियो । जतिबेला जीतसिंह र लोहनी तथा अर्जुन नरसिंह र जीतसिंहबीच सहकार्य भएपनि प्रकाशचन्द्र लोहनी र अर्जुननरसिंह केसीबीच भने कहिल्यै  निकटताको सम्बन्ध नरहेको राप्रपा राष्ट्रवादी नुवाकोटका एक नेताले बताए । 

पञ्चायतको पतनपछि फरक फरक राजनीतिक पार्टीमा आबद्ध भएका  लोहनी र केसी अहिलेसम्म आइपुग्दा पनि सम्बन्ध उस्तै लुकामारीको रहेको छ । 

चुनावकै मुखमा उम्मेदवारलाई केसीले पार्टीमा भित्र्याएपछि पनि लोहनीको पक्षको भोट केसीलाई जाने सम्भावना न्यून रहेको बताइन्छ । यद्यपि निर्णय नै नभइसकेको अवस्थामा सो मत केसीलाई गए त्यसले बाम गठबन्धनलाई  प्रेसर बढ्ने देखिन्छ भने वाम गठबन्धनलाई गए केसी दोहोरो दबाव मा पर्ने निश्चित छ । 

अहिले दुवै उम्मेदवारहरु चुनावी प्रचारलाई आक्रामक बनाएर अघि बढ्दै गर्दा हारजीतको आँकलन पनि सुरु भइसकेको छ । स्थानीय तहको निर्वाचनमा पाएको मतअनुसार नुवाकोटमा लोहनीबाहेक नै बाम गठबन्धन १५ हजार बढी मतले अगाडि छ । 

बुहदलीय राजनीतिमा  आएपछि अर्जुन नरसिंह केसीले २०५१ र ७० को चुनाव जितेका थिए भने ०४८, ०५६ र ०६४ मा पराजित भएका थिए ।   लोहनी भने ०६४ को चुनावमा समानुपातिकमा रहे भने ०७० मा नुवाकोट क्षेत्र नम्बर १ बाट पराजित हुँदा बाँकी चुनावमा विजयी भए । उनी यसपटक समानुपातिक सूचीमा रहेका छन् ।

रातोपाटी @ ब्याटल ग्राउन्ड 

 गोरखामा तटस्थ मतदाताका यस्ता छन् मुद्दा

बम विष्फोट : कतै युवती, कतै रिमोट !

हाईप्रोफाइल भिडन्त रहेको नुवाकोटमा विप्लवदेखि ‘चुल्ठेमुन्द्रे’ सम्मको थ्रेट !

भोट दिनुुस्, मैले के गर्न पर्यो काम भन्नुुस्

बम बिस्फोटपछि महत - तामाङ आरोप - प्रत्यारोपमा, यस्तो छ स्वार्थको खेल

ब्याटल ग्राउन्डबाट बाबुरामको जवाफ : अब एकजनाले त हार्नैपर्छ (अन्तर्वार्ता)

ब्याटल ग्राउन्डबाट नारायणकाजीको चुनौती : गोरखाको विकास बाबुरामले गरेका होइनन् (अन्तर्वार्ता)

मधेशमा यी मुद्दा हुनसक्छन् हारजितका फ्याक्टर !

गोरखामा बम विष्फोट, हामीले जे देख्यौं ! (फोटोफिचर)

रातोपाटी @ ब्याटल ग्राउन्ड : जहाँ बाबुराम त्यहाँ नारायणकाजी, जहाँ नारायणकाजी त्यहाँ बाबुराम (फोटोफिचर)

रिसाएका मामासँग भोट मागे बाबुरामले, यस्तो रह्यो मामाको जवाफ र सुझाव

दिलबहादुर दिलमा बागीको डर !

बमको त्रास : ओली–प्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म (फोटोफिचर)

ओली र प्रचण्डको उद्घोषः शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री,  अब बामपन्थी आँधी आउँछ

ओली र प्रचण्डलाई बाबुरामको जबाफ – हेलिकप्टर चढेर गालीमात्र गर्न गोरखामा ?

विप्लव पार्टीको कमान्डर लमजुङ पसिन्, देव गुरुङमाथि सुरक्षा थ्रेट !

पार्टी छाडेर चुनाव लड्ने यी नेता कति सुरक्षित ?

काङ्ग्रेसलाई वामपन्थीको गाली तर बज्दैन ताली 

 गगनलाई मतदाताको प्रश्न - भोटको बदला के ?

प्रचण्ड र ओलीको हेलिकप्टर यात्रा, यस्तो देखियो पालुङटारको बामपन्थी सभा  (फोटोफिचर)

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

राजेन्द्रले किन छाडे सर्लाही, किन गए धनुषा ?

चुनावमा पेचिलो मुद्दा : पाँच नम्बर प्रदेशको राजधानी कहाँ ?

काठमाडौंका १० क्षेत्र : बामगठबन्धनलाई हुन सक्छ ठूलो थ्रेट

आठ पूर्व गृहमन्त्री : आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित ?

मातृका पहिलो पटक चुनावी मैदानमा, कति सुरक्षित छन् धनुषामा ?

रूपन्देहीका प्रत्येक क्षेत्रमा मन्त्री नै मैदानमा, यस्तो हुनेछ भिडन्त

चुनावी मैदानमा  २६ मन्त्री : को कति सुरक्षित ?

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

गाँउ फर्केका महन्थलाई आफ्नैबाट जोखिम !

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप