बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा काङ्ग्रेस कार्यालय नजिकै 'कित्ली बम' : सेनाद्वारा निष्क्रिय

शनिबार, ०२ मङ्सिर २०७४, १२ : ११
शनिबार, ०२ मङ्सिर २०७४

बेसीशहर । लमजुङ सदरमुकाम बेसीशहर स्थित ठाडोलाइनमा शनिबार बिहान कित्ली बक फेला परेको छ । जिल्ला सामुदायिक अस्पतालको गेट नजिकै चाउँचाउको कार्टुनभित्र राखिएको अवस्थामा बिहान करिब ७ बजे स्थानीयले संस्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका हुन । 

सेनाका अनुसार कित्लीभित्र बालुवा राखेर बालुवाभित्र सुतली राखेर बनाइएको बमलाई २ पटकको प्रयासमा विहान करिब साढे १० बजेतिर निष्क्रिय पार्न सफल भएको हो । प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले उक्त बम सेनाले निष्क्रिय पारेको पुष्टि गरेका छन् ।

नेपाली काङग्रेसको आयोजनामा शनिबार हुन लागेको आम सभालाई लक्षीत गरी उक्त बम राखिएको हुनसक्ने कांग्रेस नेता कार्यकर्ताले बताएका छन् । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शंशाक कोइराला लगायताका नेताहरुले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सुरक्षा निकायले भने नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले बम राखेको हुनसक्ने आँकलन गरेका छन् । 

उक्त बम काङ्ग्रेस पार्टी कार्यालयबाट करीब ५०÷६० मिटरको दुरीमा रहेको छ भने वरपर सरकारी कार्यालय पनि रहेका छन् । अन्य ठाउँमा पनि बम हुनसक्ने भन्दै सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरेको छ । 

शनिबार बिहान साढे ६ बजेतिरमात्रै बाँझखेतको आँपचौर जंगलमा बम पड्काएको आवाज सुनिएको प्रहरीले बताएको छ ।

आज बिहान मात्र ओखलढुंगामा वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको थियो । 

सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिए । 

त्यस्तै,  सल्यानमा बामगठबन्धनको निर्वाचन प्रचार सामाग्री पनि आज जलाइएको छ । 
बागचौर नगरपालिका ३ खालीमा प्रचारमा रहेको बामगठबन्धनका कार्यकर्तासँग सामाग्री खोसेर जलाइएको छ । मतदाता शिक्षा सामाग्री र बामगठबन्धनका प्रचार सामाग्री जलाइएको स्थानीयले बताएका छन् । 

आज पनि चुनाव विरोधी गतिविधि : ओखलढुंगामा बम विस्फोट

चुनाव विरोधी गतिविधि : बामगठबनन्धका प्रचार सामाग्री जलाइयो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप