शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भाइरल : बहुवलीकी ‘क्रेजी’ फ्यानले बनाइन् शरीरमै प्रभासको तस्विर

शनिबार, ०२ मङ्सिर २०७४, १३ : ५५
शनिबार, ०२ मङ्सिर २०७४

हैदरावाद । चलचित्र ‘बाहुबली’ हिट भएपछि प्रभासको फ्यान बढ्दो क्रममा छ ।

हालैमात्र ३७ औँ जन्मदिन मनाएका प्रभास अहिले भारतको ‘मोस्ट इलिजेबल ब्याचलर’ बनेका छन् । त्यही भएर उनको फ्यानहरुमा धेरै युवती छन् ।

महिला फ्यानहरु उनको ध्यान आफूतिर आकर्षित गर्न विभिन्न हतकण्डाहरु अपनाउन गरेका छन् । केही दिनअघि मात्र एक युवतीले आफ्नो शरीरमा प्रभासले बाहुवली चलचित्रमा निभाएको भूमिका ‘महेन्द्र बाहुवली’ को तस्विर बनाएकी छिन् । सो तस्विर यति बेला समाजिक सञ्जालमा भाइरल बनेको छ ।

ती युवतीको नाम भने खुलाइएको छैन । हैदरावादकी भनिएकी ती युवतीले प्रभासको जन्मदिनमा सो पेन्टिङ बनाएकी थिइन् ।

यी युवती उनको पहिलो क्रेजी फ्यान भने होइनन् । एक पटक प्रभासले ६ हजारभन्दा बढी विवाहको प्रस्ताव पाएका थिए ।

यसअघि पनि एक युवतीले आफ्नो शरीरमा प्रभासको नाम लेखेकी थिइन् ।

त्यस्तै अहमदावाद प्रहरीको क्राइम ब्रान्च समेतले केक काटेर उनको जन्म दिन मनाएको थियो ।

यता, प्रभासका एक फ्यानले उनले चलचित्रमा हात्तीको टाउकोमा उभिएको दृश्य नक्कल गर्दा घाइते हुन पुगेका थिए ।

प्रभास यति बेला आफ्नो नयाँ चलचित्र साहोको शुटिङमा व्यस्त रहेका छन् । चलचित्रमा उनीसँगै वलिउडकी नायिका श्रद्धा कपुर रहेी छिन् । त्यस्तै चलचित्रमा नील नितिन मुकेश, ज्याकी श्रौफ, चङ्की पाण्डे र नरेन्द्र झाको पनि भूमिका रहेको छ । चलचित्रलाई सुजितले निर्देशन गरिरहेका छन् । यो चलचत्रि सन् २०१८ मा तेलुगु, तामिल र हिन्दी भाषामा रिलिज गरिनेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप