शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हार्पिक र व्रस वोकेर सार्वजनिक शौचालय पुगे काठमाडौँका मेयर

शनिबार, ०२ मङ्सिर २०७४, १४ : ५१
शनिबार, ०२ मङ्सिर २०७४

काठमाडौँ । चुनावी प्रचारका क्रममा कोही उम्मेदवार धान काट्दै गरेको, कोही उम्मेदवार हलो जोत्दै गरेको त कोही उम्मेदवार खेतमै गएर कोदालो खन्दै गरेका तस्बिर सामजिक सञ्जालमा भाइरल भइरहेका छन् । 

यता, शनिबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मात्र होइन, एमाले उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर–८ की प्रदेश सभा ‘ख’ की उम्मेदवार अष्टलक्ष्मी शाक्य, क्षेत्र नम्बर–८ कै संघ तर्फका उम्मेदवार जीवनराम श्रेष्ठ, प्रदेश सभा ‘क’का उम्मेदवार राजेश शाक्यलगायतका उम्मेदवार हातमा हार्पिक र ट्वाइलेट सफा गर्ने ब्रस बोकेर सार्वजनिक शौचालय पुगेका छन् । 

यो दृश्य लेख्दा आसपासका मतदाताले एकछि त केही अनौठो पनि माने ।  

त्यसैबेला मेयर शाक्यले ती सबै भ्रमलाई चिर्दै भने – ‘आज पाँचौ चर्पी दिवस हो । यही दिवसको अवसर पारेर हामीले सार्वजनिक सौचालय सफा राखौँ भनेर जागरण अभियान सञ्चालन गरेका हौँ ।’

उनले फेरि थपे– ‘कतिपयले त चुनावी प्रचारका गरिएको ‘नाटक’ पनि भन्नाल् । तर, त्यस्तो होइन । सांस्कृतिक र पुरातात्वविक महत्वको यो शहरलाई सफा राख्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि हामीले यो चर्पी दिवसको अवसर पारेर यसको थालनी गरेका हौँ ।’

मेयर शाक्यसँगै चुनावी प्रचारमा रहेका जीवनरामले पनि चर्पी दिवसलाई रचनात्मक रुपमा मनाएको प्रतिक्रिया दिए । ‘काठमाडौँ क्षेत्र नम्बर–८ सम्पदाको भण्डार भएको क्षेत्र हो । यो क्षेत्रमा विश्व सम्पदा सूचीमा परेका वसन्तपुर दरवार र स्वयम्भू चैत्य छन्,’ उनले भजे, ‘पर्यटकको समेत विशेष रोजाइका यी क्षेत्रमा पर्ने सार्वजनिक सौचालय सफा राख्नु पर्छ भनेर हामीले जागरण अभियान सुरु गरेका हौँ ।’

उनले यो अभियान निरन्तर चल्ने पनि जानकारी दिए । ‘राष्ट्रलाई समृद्ध बनाउने हो भने सबै भन्दा पहिला आफू बस्ने घर र क्षेत्रलाई सुन्दर बनाउनुपर्छ,’ उनले भने, ‘हामी वसन्तपुर र स्वयम्भू चैत्यलाई ‘हेरिटेज वाक’का रुपमा विकास गर्न चाहन्छौँ । यो त्यसैको थालनी पनि हो ।’ उनले त्यस क्षेत्रका ९ वटा शौचालय सफा गरेको जानकारी दिए ।  
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप