शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलिउडका ‘ब्याड म्यान’ गुल्सन ग्रोबर काठमाडौँमा, नेपाली चलचित्र खेल्ने

शनिबार, ०२ मङ्सिर २०७४, १५ : ०७
शनिबार, ०२ मङ्सिर २०७४

काठमाडौं । बलिउडका चर्चित खलपात्र गुल्सन ग्रोबर काठमाडौ आएका छन् । एक चलचित्र अभिनयको सिलसिलामा उनी काठमाडौ आएका हुन् । केही दिन अगाडी काठमाडौ आएका उनी अझै केही दिन रहने छन् । 

गुल्सन क्यू. एफ. एक्स. सिनेमाज मालिक नकिम उद्दीनले निर्माण गर्ने चलचित्र द म्यान फ्रम काठमाडांै अभिनयका लागि नेपाल आएका हुन् । उनी अझै केही दिन नेपाल बस्नेछन् । द म्यान फ्रम काठमाडांँ चलचित्रको अहिले सुटिङ तयारी भइरहेको छ । चलचित्रको सोमबारबाट सुटिङ सुरु हुने निर्माता नकिमले बताए ।
चलचित्रको निर्देशन तीब्बती मूलका अमेरिकी नागरिक पेम्बा ढुण्डुपले गर्दैछन् । चलचित्रमा हिरो अमेरिकाका जोश म्यानुल रहनेछन् भने अभिनेत्री नेपालकी आना शर्मा रहने छिन् ।

नीर शाह, कर्मा, शिशिर बागदेल, छक्का पञ्जा  २ का हिरो स्वरुप पूरुष ढकाल, आमिर गौतम एवं सञ्चारकर्मी प्रभात रिमाल लगायत कलाकारको समेत अभिनय रहने चलचित्रमा अग्रेजी भाषमा छायाँकन गर्न लागिएको हो ।

आफ्नो पहिलो चलचित्र कागबेनीको क्वालिटी मन पराएर निर्देशक ढुण्डुपले आफुसँग चलचित्र गर्न लागेको निर्माता उद्दीन खुलाए ।

यस्तै गुल्सन कमल पोखरी स्थित कुमारी हलमा केही दिन देखि आयोजित एकादेशमा सर्ट फिल्म फेस्टिवलमा समेत सहभागी भएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप