बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दोलखामा बाम गठबन्धनको यस्तो छ चुनावी अभियान

शनिबार, ०२ मङ्सिर २०७४, १७ : ००
शनिबार, ०२ मङ्सिर २०७४

दोलखा । दोलखामा वाम गठबन्धनले चुनावी अभियान तीव्र बनाएको छ । जिल्लाको प्रदेश क्षेत्र नम्बर क र ख मा दैनिकजस्तो वडास्तरीय भेला, सभा र घरदैलो भइरहको छ । 

प्रदेश नम्बर क मा माओवादी केन्द्रका युवा नेता विशाल खड्का र ख मा एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागाईं सांसद उम्मेदवार उठेका छन् । प्रतिनिधिसभाको एक सिटमा भने युवा नेता पार्वत गुरुङ चुनावी मैदानमा छन् ।

यसबीचमा तामाकोशी, वैत्यश्वर, जिरी, मेलुंग, विगु, कालिञ्चोक, भीमेश्वर, शैलुंग क्षेत्रमा चुनावी सभा र घरदैलो भइसकेको एमाले अध्यक्ष इश्वरचन्द्र पोखरेलले जानकारी दिए । 

शनिवार गुरुङ, चौंलागाईसहितको टोली लादुक, बुलुंगमा चुनावी सभामा व्यस्त रह्यो भने विशाल खड्कासहितको टोली तामाकोशीको भीरकोट, जफे, मेलुंगको पवटीमा घरदैलोमा सक्रिय बन्यो ।  

सभामा बोल्दै दोलखा प्रतिनिधिसभाका उम्मेदवार पार्वत गुरुङले एमाले–माओवादी बीचको तालमेलले मुलुक आर्थिक क्रान्तितर्फ उन्मुख भएको बताए । 
गुरुङले वाम तालमेलले मुलुकको भविष्य सकारात्मक दिशातर्फ केन्द्रित भएको बताए । 

मुलुकमा राजनैतिक क्रान्ति पूरा भएसँगै अबको समय आर्थिक क्रान्तिको समय भएकोले वाम तालमेलले मुलुकको कायापलट हुने बताए । मुलुकमा कम्युनिष्ठहरुले बहुमत पाउँदा पनि वारम्बार कांग्रेसले सरकार सञ्चालन गरिरहेकाले अबको दिनमा कांग्रेसले फाइदा उठाउन नसक्ने बताए ।

कांग्रेसले नेपाली जनताको आर्थिक सम्मृद्धिमा नभई सामन्ती र जनविरोधी कार्य मात्र गरेकाले एमाले र माओवादीबीचको तालमेलले मुलुकको विकासमा फड्को मार्ने बताए । 

कार्यक्रममा बोल्दै पूर्व मन्त्री आनन्द पोखरेलले काङ्ग्रेसको सामन्तीप्रथा अब अन्त्य हुने बताए । दोलखाको सवालमा वाम तालमेलले दुई तिहाईभन्दा बढी मत पाउने बताए । मुलुकको विकास वाम गठबन्धनबाट बन्ने क्रान्तिकारी सरकारले मात्र गर्न सक्ने भएकाले दुई तिहाई बहुमत ल्याउन आवश्यक भएको र देशैभर दुई तिहाई आउने बताए । 

दोलखा प्रदेश सभा २ का उम्मेदवार पशुपति चौलागाईले राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता रक्षादेखि मुलुकको आर्थिक विकास कांग्रेसले गर्न नसक्ने भएकाले एमाले र माओवादी बीचको तालमेलले मुलुक समग्र विकासमा टेवा पुग्ने बताए । प्रतिगामी शक्तिहरु वाम तालमेल भत्काउन लागिपरेको बताउँदै कसैको तागतले पनि वाम तालमेल भत्काउन नसक्ने र वाम गठबन्धनले आफनो सरकार सञ्चालन गरिछाड्ने बताए ।

त्यस्तै, प्रदेश नम्बर १ का उम्मेदवार माओवादी केन्द्रका युवा नेता विशाल खड्काले दोलखाली जनताको भाग्य र भविष्य सुदृढ बनाउनका लागि वाम तालमेलको जित अनिवार्य रहेको बताए । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप