अस्पताल हिँडेका एक पुरुषले महाकाली नदीमा हाम फालेर गरे आत्महत्या
लोकेन्द्र प्रशाद जोशी
दार्चुला । दार्चुलामा शनिबार बिहान एक पुरुषले महाकाली नदीमा हाम फालेर आत्महत्या गरेका छन् । महाकाली नगरपालीका २ पन्यौडा काटैका ५० बर्षीय हरजित नगालले नदीमा हाम फालेर आत्महत्या गरेका हुन् ।
घरबाट श्रीमतिसँगै उपचारको लागी जिल्ला अस्पताल दार्चुला आउँदै गर्दा जिल्ला सदरमुकाम नजिक बंगाबगडको भिरबाट नदीमा हाम फालेका हुन् । हाम फालेपछि मृत्यु भएका नगालको शवलाइ नदीले बगाएर लग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल दार्चुलाको उद्धार टोलीले गल्फैभन्दा केहि तल नमसीकारबाट उद्धार गरेको छ ।
श्रीमान्ले नदीमा हाम फालेपछि उनकी श्रीमति बेहोस भएर बोल्न नसक्ने अवस्थामा छिन् । मृतक नगाललाइ पोष्टमार्टम गरेर आफ्न्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मृतकले नदीमा हाम फाल्नुको कारणभने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।