राजेन्द्र राईको सभामा बम प्रहार, छुट्टै ठाउँको बम विस्फोटनमा असाईसहित २ प्रहरी र युवा संघका नेता घाइते
भोजपुर – उत्तरी साल्पासिलिछो गाउँपालिका वडा नं.२ कुलुङ्गमा वाम गठबन्धनको चुनावीसभा चल्दै गर्दा केहि बेर अघि बम विस्फोट गराईएको छ । सभामा प्रदेश नं. क का उम्मेद्वार राजेन्द्र राईले सम्बोधन गर्दै गर्दा कार्यक्रमस्थलको १ सय मिटर नजिकै बम विस्फोट गराईएको हो ।
बम विस्फोट भएपछि सभा आतंकित भएर तितरवितर भएको थियो । विस्फोटमा कोहि हाताहात नभएको बताईएको छ । अहिले सभा सुचारु भईरहेको छ । यसैबीच षडानन्द नगरपालिका १३ तिनतले नजिकैको भीरथाप्लोमा बम विस्फोट हुँदा चुनावीसभा सकेर फर्कदै गरेका युवा संघका कार्यकर्ता विक्रम राई घाइते भएका छन् ।
त्यसैगरि २ जना प्रहरी पनि घाइते भएको बताइएको छ । बाटोमा राखिएको टाइम बमबारे बुझ्न प्रहरी टोली खटेर गएको र भिड हटाउने क्रममा बम पड्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताए ।
विस्फोटबाट वाम गठबन्धनको आमसभामा पुगेर सदरमुकाम फर्कदै गरेका युवा संघका सचिवालय सदस्य ट्याम्के मैंयुङ्ग गाउँपालिका वडा नं. ७ दिप्साका विक्रम राईको टाउकोमा चोट लागेको छ । घाइते हुने प्रहरीमा प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरी निरीक्षक देवनारायण यादव रहेका छन् । घाइतेलाई उपचारका लागि सदरमुकाम ल्याइदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदा भए कतारका अमिर, तस्बिरमा हेर्नुहोस्
-
लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत गरिएको कानुनी सुधारको निजी क्षेत्रद्वारा स्वागत
-
पर्यटन बोर्डको कार्यकारी छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश
-
दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश