शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ सुन तस्करीको ट्रान्जिट !

आइतबार, ०३ मङ्सिर २०७४, ०७ : २३
आइतबार, ०३ मङ्सिर २०७४

चीनसंग व्यापारिक नाका रसुवागढी सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बन्दै गएको छ । 

चीनसंग सीमा जोडिएका अन्य नाका सञ्चालन नहुँदा तस्करीले रसुवागढीलाई ट्रान्जिट बनाउँदै लगेका छन् । 

चीनको केरुङबाट रसुवागढी नाका हुँदै हरेक बर्ष ठुलो परिणामा सुन तस्करी भईरहेको छ । 

शनिबार पनि रसुवागढी नाकाबाट १७ किलो सुनसहित चालक पक्राउ परेका छन् । 

चीनसंग व्यापारिक नाका रसुवागढी १७ किलो सुनसहित पार्वतीकुण्ड गाउँपालिका ५ पाजुङका ३१ बर्षका कार्साङदावा तामाङ पक्राउ परेका हुन् । 

चीनको केरुङबाट बा ११ च ७९१८ नम्बरको बोलेरोमा पल्स बटम बनाई सुन ल्याएको विशेष सुराकी पाएपछि गाडीको जाँच गर्ने क्रममा सुनसहित बोलेरोका चालक तामाङलाई पक्राउ गरिएको हो ।, यो खबर आजको नागरिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप