शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किन आत्तियो कांग्रेस ?, निर्वाचन फलामको चिउरा जस्तै

आइतबार, ०३ मङ्सिर २०७४, ०७ : २६
आइतबार, ०३ मङ्सिर २०७४

२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपश्चात हरेक निर्वाचनलाई सहजताका साथ सामना गर्दै आएको नेपाली कांग्रेसले नयाँ संरचनाअनुसार पहिलोपटक हुन लागेको निर्वाचन २०७४ लाई भने ठूलो संकट र चुनौतीका रुपमा लिएको छ ।

प्रमुख वामघटक एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने लक्ष्यका साथ चुनावमा तालमेल गरेपछि कांग्रेसले अहिलेसम्मकै ठूलो संकट महसुस गरेको हो ।

तराइमा मधेसवादी दल र पहाडमा एमाले-माओवादीको चुपुवामा परेको कांग्रेसले खास गरी वाम गठबन्धनको विरोध गर्दै केन्द्रदेखि गाउँ तहसम्म चुनाव प्रचार प्रसारलाई आक्रामक ढंगले अगाडि बढाइरहेको छ ।

यसअघिका निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भए पनि अहिले तराई क्षेत्रबाहेक अन्यमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिस्पर्धामा वाम गठबन्धन बलियो भएकाले कांग्रेसलाई यो निर्वाचन जित्नु फलामको चिउरा चपाउनुजस्तै भएको छ । आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाइंले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप