बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मतदान अधिकृतलाई प्रशिक्षण

आइतबार, ०३ मङ्सिर २०७४, ०९ : २७
आइतबार, ०३ मङ्सिर २०७४

बैतडी - मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि बैतडीमा शुक्रबारदेखि प्रशिक्षण शुरु भएको छ । जिल्लामा दुई चरणमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइने भएको छ । 

मतदान केन्द्रमा गर्नुपर्ने काम, मतदातासँग गर्नुपर्ने व्यवहार, मतदान केन्द्रमा खटिएपछि गर्न नहुने कामका बारेमा जानकारी दिनका लागि सदरमुकाममा प्रशिक्षण शुरु गरिएको जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिए । 

पहिलो चरणको कार्यक्रममा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी १९० जना सहभागी भएका छन् । जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका विभिन्न पदका कर्मचारी छनोट गरेर प्रशिक्षण दिन लागिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । 

यही मंसिर १० गते पहिलो चरणमा हुने चुनावका लागि एक हजार ४५० जना कर्मचरी खटाइने मुख्य निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ । कर्मचारीको नामावली तयार पारिसकेको र मंसिर ५ गतेबाट मतदान केन्द्रमा कर्मचारी परिचालन गरिने बताइएको छ । बैतडीमा १८२ जना मतदान अधिकृत र १८२ जना सहायक मतदान अधिकृत निर्वाचनमा खटिने भएका छन् । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा १२० मतदानस्थल रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप