मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रियल र एथ्लेटिको रोकिएपछि बार्सालाई १० अंकको अग्रता

आइतबार, ०३ मङ्सिर २०७४, ०९ : २५
आइतबार, ०३ मङ्सिर २०७४

म्याड्रिड । चिर प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिड र रियल म्याड्रिडले गोलरहित बराबरी खेलेपछि शीर्ष स्थानमा रहेको बार्सिलोनाले १० अंकको अग्रता बनाउन सफल भएको छ ।

एथ्लेटिकोले खेलको तेस्रो मिनेटमा नै गोलको लागि सुन्दर अवसर पाएको थियो । तर, राफायल भरानको गल्तीको एन्जल कोरेयाले फाइदा उठाउन सकेनन् । त्यस्तै, केभिन गामेरियोको प्रहार पनि गोल लाइनबाट रियलका डिफेन्सले बचाउ गरेका थिए ।

रियलका लागि मिडफिल्डर टोनी क्रुसको प्रहार गोलकिपर जान ओबलाकले बचाउ गरेका थिए ।

खेलमा साबिक विजेता रियलले कप्तान सर्जियो रामोशलाई घाइते हुँदै गुमाउन पुगेको थियो । उनको नाक भाँचिएको आशंका गरिएको छ ।

दुवै टोलीका फरवार्डका लागि हिजोको खेल निराशजनक रह्यो । क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाले पछिल्ला ८ ला लिगाका खेलमा मात्र एक एक गोल गर्न

सकेका छैनन् भने एथ्लेटिकोका एन्टोनी ग्रिजमानले पनि पछिल्ला ८ खेलमा गोल गर्न सकेका छैनन् ।

खेलपछि रियल र एथ्लेटिको क्रमशः तेस्रो र चौँथो स्थानमा रहेका छन् । 

उता, लुइस सुवारेजले गोलको खडेरी अन्त्य गरेपछि बार्सिलोनाले लेगानेसलाई ३–० गोलअन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राख्न सफल रह्यो ।

३० वर्षीय बार्सिलोनाका फरवार्डले ४७९ मिनेटको गोलको खडेरी अन्त्य गर्दै बार्सिलोनालाई अग्रता दिलाए भने दोस्रो हाफमा उनले पुनः गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

खेलको अन्तयतिर पाउलिन्होले अर्को गोल थपेपछि बार्सिलोनाले सहज जित निकाल्यो ।

ला लिगाको पछिल्लो खेलमा बार्सिलोना अपराजित रहेको छ । ला लिगाको इतिहासमा बार्सिलोनाको यो उत्कृष्ट शुरुवात हो ।

जितसँगै बार्सिलोना दोस्रो स्थानमा रहेको भ्यालेन्सियासँग ७ र रियल तथा एथ्लेटिकोसँग १० अंकको दुरी बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप