शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा शीर्षनेताहरुबीच चुनावी प्रतिस्पर्धाः को-को छन् ?

आइतबार, ०३ मङ्सिर २०७४, १० : ०२
आइतबार, ०३ मङ्सिर २०७४

नवलपरासी - दोस्रो चरणमा निर्वाचन हुने नवलपरासीमा पनि निर्वाचनको समय नजिकिँदै जाँदा चुनावी रौनक छाएको छ । प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित नवलपरासीका दुईवटा जिल्लामै उम्मेदवार यतिबेला मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार मतदातालाई विभिन्न भेला, सभा, घरदैलो लगायतका चुनावी प्रचार प्रसार कार्यक्रममार्फत रिझाउन व्यस्त छन् । यस पटक पनि अधिकांश उम्मेदवाहरु पुरानै अनुहारका रहेका छन् भने केही नयाँ अनुहार चुनाबी मैदानमा छन् । यहाँ विशेषगरी नेपाली काँग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धा देखिन्छ । 

नवलपरासीका दुई जिल्लामा प्रतिनिधिसभातर्फ चारवटा र प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्र रहेका छन् । यस पटकको निर्वाचनमा पनि नवलपरासीबाट केही शीर्षदलका शीर्ष नेताहरु चुनावी मैदानमा रहेकाले पनि सो क्षेत्र चर्चामा छ । 

को को छन् ः शीर्षनेताहरु चुनावी मैदानमा 

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला नवलपरासी ९बर्दघाट सुस्ता० पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट चुनावी मैदानमा हुनुहुन्छ । कोइराला २०६४ र २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्र पोलिटब्यूरो सदस्य नेता भविश्वर पराजुली मुख्य प्रतिस्पर्धीका रुपमा हुनुहुन्छ । 

यसैगरी स्वतन्त्र राजनीतिक समूहका अगुवा र पूर्वमन्त्री नेता हृदयेश त्रिपाठी वाम गठबन्धनका तर्फबाट नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट चुनावी मैदानमा हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका नेता देवकरणप्रसाद कलवार मुख्य प्रतिस्पर्धीका रुपमा हुनुहुन्छ । कलवार २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत छन् । 

यसैगरी पूर्व गृहराज्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेल नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं २ बाट चुनावी मैदानमा हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा पूर्वस्थानीय विकास राज्यमन्त्री एवम् माओवादी केन्द्रका नेता घनश्याम यादव मुख्य प्रतिस्पर्धीका रुपमा छन् । 
नवलपरासी जिल्ला दुई जिल्लामा विभाजनपछि बर्दघाट सुस्ता पश्चिम नवलपरासी र बर्दघाट सुस्ता पूर्व नवलपरासीमा गरी प्रतिनिधिसभाका लागि चारवटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेशसभाका लागि आठ निर्वाचन क्षेत्र रहेका छन् । 

प्रदेश नं ४ र ५ नं प्रदेशमा विभाजित नवलपरासीका दुई जिल्लामा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाका लागि कुल चार लाख २९ हजार ८९४ जना मतदाता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप