बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाश पत्नी बिना भावविह्वल हुँदै अस्पतालमा

आइतबार, ०३ मङ्सिर २०७४, ११ : १५
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौँ । पति प्रकाश दाहालको आइतबार बिहान असामायीक निधन भएपछि पत्नी बिना मगर थापाथली स्थिति नर्भिक अस्पताल पुगेकी छिन् ।

भावविह्वल हुँदै अस्पताल पुगेकी उनलाई सम्हालन शुभचिन्तकहरुलाई समेत हम्मे हम्मे परेको थियो । 

हृदयघात भएपछि प्रकाश दाहाललाई पौने ६ बजे थापाथली स्थित नर्भिक पुर्याइएको थियो । उपचारको क्रममा उनको निधन भएको थियो ।

कञ्चनपुरमा प्रत्यक्ष तर्फकी उम्मेदवार रहेकी बिना चुनावी प्रचार प्रसारका क्रममा जिल्लामा नै रहेकी थिइन् ।

पिता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने अझै अस्पताल पुगेका छैनन् ।

त्यस्तै, विभिन्न पार्टीका नेता तथा शुभचिन्तकहरु अस्पताल आउने क्रम जारी रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप