बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भावविह्वल बन्यो नर्भिक (फोटोफिचर)

आइतबार, ०३ मङ्सिर २०७४, १३ : ३३
आइतबार, ०३ मङ्सिर २०७४


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको निधनको खवरपछि आइतबार बिहानै काठमाडौको थापाथलीस्थित नर्भिक अस्पताल खचाखच भइसकेको थियो । 

प्रकाश विरामी भएको र उपचारका लागि नर्भिक ल्याएको समाचारपछि समर्थक, सुभेच्छुक, आफन्त लगायतका सर्वसाधारण अस्पताल परिसरमा पुगिसकेका थिए । विभिन्न दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणको उपस्थितिका कारण बिहानैबाट अस्पताल परिसरमा सुरक्षाकर्मीलाई सुरक्षा प्रदान गर्न हम्मेहम्मे परेको देखिन्थ्यो । अस्पतालमा उपस्थित सवैका मुहार मलिन देखिन्थे । 

जब चिकित्सकले प्रकाशको मत्युको घोषणा गरे तब त्याहाको पुरै अवस्था भावविह्ल बनेको थियो ।

प्रकाश माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा मात्रै नभएर माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत थिए । 

प्रकाश दाहालको ह्ृदयघातका कारण निधन भएको अस्पतालले पुष्टि गरेको छ । 

थापाथलीस्थित नर्भिक अस्पतालले प्रकाश दाहालको आकस्मिक ह्ृदयघातका कारण निधन भएको पुष्टि गरेको हो । आईतबार विहान ५ बजेर ५० मिनेटमा अस्पताल पु¥याइएका प्रकाशको अस्पतालले ६ बजेतिरै मृत घोषणा गरेको थियो ।

अस्पताल पुग्नु अघि नै प्रकाशको निधन भएको अस्पतालका चिकित्सक जेपी जैसवालले जानकारी दिए । दिवंगत दाहालका दुई वटी श्रीमति र २ वटा छोराहरु रहेका छन ।

अहिले दिवंगत दाहालको पार्थिक सरिरमा अन्तिम श्रद्धाञ्जली दिन माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेन्छुक, आफन्तजनको ठूलो भीड लागेको छ ।

दिवंगत दाहालको आजै अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने  माओवादी केन्द्रले जनाएको छ ।
 
हेर्नुहोस् अस्पताल परिसारका केही तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप