शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाशको निधनवारे यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्तीको पूर्णपाठ

आइतबार, ०३ मङ्सिर २०७४, १३ : ५९
आइतबार, ०३ मङ्सिर २०७४


प्रेस विज्ञप्ति
नेकपा माओवादी केन्द्रका अध्यक्ष श्री पुष्पकमल दाहाल “प्रचण्ड”का 
सुपुत्र प्रकाश दाहालको देहान्त
काठमाडौं, मङ्सीर ०३, ०७४ । 
ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष श्री पुष्पकमल दाहाल “प्रचण्ड” का सुपुत्र प्रकाश दाहाल अचेत भई आज बिहान ५ः५० बजे दुई सहयोगीका सहयोगमा  नर्भिकको आकस्मिक कक्षमा पु¥याइनु भएको थियो । 
तत्कालै आकस्मिक कक्षका चिकित्सकहरू डा. रविन्द्र प्रसाद यादव, डा. विमलेश श्रेष्ठ, नर्सिङ्ग स्टाफहरू एवम् स्वास्थ्य प्राविधिकहरूको टोलीद्वारा चिकित्सा जाँच गर्दा उहाँ पूर्णतया बेहोस् भइसक्नुभएको, हात–गोडाका सबै भाग निलो र कडा भईसकेको, शरीर पूरै चिसो भएको, श्वास–प्रश्वास पूर्णतया नरहेको, आँखाको नानी पुरै सुन्निएको (फुलेको), आँखामा प्रकाश (टर्च लाइट) पार्दा कुनै प्रतिक्रिया नआएको र ई.सी.जी. गर्दा सोको नतिजामा मुटुको गतिविधि पूर्णतया शुन्य पाइएको थियो । तत्पश्चात् उपचाररत चिकित्सकीय टोलीद्वारा उहाँलाई बिहान ५ः५९ बजे देहान्त भइसकेको घोषणा गरियो । चिकित्सकीय टोलीको प्रतिवेदन अनुसार हस्पिटल पु¥याउनुपूर्व नै उहाँको आकस्मिकरुपमा हृदयगति बन्द Sudden Cardiac Arrest  भएका कारण देहान्त भएको बताइएको छ ।

भवदीय,
    

आर. पी. मैनाली
नायव महाप्रबन्धक – संस्थागत संचार
नर्भिक इन्टरनेशनल हस्पिटल 

अन्य समाचार

पेरिसडाँडाबाट प्रकाशलाई अन्तिम बिदाई (फोटोफिचर)

प्रकाशको निधनप्रति कांग्रेसको समवेदना

प्रकाशको निधनले सिंगो पार्टी र आन्दोलनलाई क्षति : माओवादी केन्द्र

आफ्नै नजरमा ती प्रकाश (फोटोफिचर)

भावविह्वल बन्यो नर्भिक (फोटोफिचर)

अस्पताल ल्याउनभन्दा अघि नै प्रकाशको निधन, कारण आकस्मिक हृदयघात : अस्पताल

एमालेका शीर्ष नेता अस्पतालमा, आजका सवै चुनावी कार्यक्रम स्थगित

प्रकाश पत्नी बिना भावविह्वल हुँदै अस्पतालमा

प्रकाशको निधन : प्रधानमन्त्री देउवा लगायत शीर्ष नेताबाट समवेदना व्यक्त

प्रचण्ड नर्भिक अस्पतालमा, प्रकाशको पार्थिव शरीरलाई पेरिसडाँडा लगिने

प्रकाशको निधनवारे यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्तीको पूर्णपाठ

प्रकाश दाहालको निधन

प्रकाशको निधनले चितवन स्तव्ध, चितवनका सवै चुनावी कार्यक्रम स्थगित

महतोद्वारा समवेदना व्यक्त

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप