शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जलाशययुक्त आयोजना उम्मेदवारका चुनावी एजेण्डा

आइतबार, ०३ मङ्सिर २०७४, १४ : ०६
आइतबार, ०३ मङ्सिर २०७४

 युवराज पाण्डे 

मन्थली -‘तामाकोशी नदीको दुईतिर नहर, नहरको छेउमा मन्थली शहर’ प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि वाम गठबन्धनले जारी गरेको संयक्त प्रतिबद्धतापत्रमा महत्वाकांक्षी योजनाको रुपमा देखिएको छ । 

वाम गठबन्धनले विभिन्न जलाशययुक्त आयोजनालाई चुनावी एजेण्डा बनाएको छ । खिम्तीखोला कोरिडोरमा पाँचवटा, लिखु कोरिडोरमा सातवटा, तामाकोशी–१, सुनकोशी–१ र अन्य साना मझौला जलविद्युत् परियोजना सञ्चालनको लागि लगानीको वातावरण बनाइ कार्यान्वयनमा ल्याइने तथा त्यसबाट करिब दुई हजार मेगावाट विद्युत् निकाल्ने लक्ष्य रहेको प्रतिबद्धता जनाएको छ । 

रामेछाप नगरपालिका सुकाजोर क्षेत्रमा सिमेन्ट उद्योगको स्थापना गरिने, नगरपालिकाको बासे क्षेत्र आसपासमा स्लेट ढुंगा उद्योगको स्थापना गरिने, ठोसे फलाम खानीलाई तत्काल सञ्चालनमा ल्याइने, काष्ठ तथा गैर काष्ठ उद्योग सञ्चालन गर्ने वाम गठबन्धनका उम्मेदवारले मतदातासँग बाचा गरेका छन् । 

प्रतिबद्धतापत्रमा तीन वर्षभित्रमा ‘एक घर एक रोजगारी’ लाई सुनिश्चित गरिने, प्रत्येक गाउँपालिका तथा नगरपालिकामा एक हजार दर्शक अट्नसक्ने रंगशाला निर्माण गर्ने, पाँच वर्षपछि सम्पूर्ण कारोबार नगदविहीन बैँकिङ प्रणालीमा रुपान्तरण गरी प्रत्येक परिवारलाई शून्य मौज्दातमा निःशुल्क बैँक खाता खोल्ने महत्वाकांक्षी योजना उल्लेख छ । 

सबै स्थानीय तहका केन्द्रलाई पाँच वर्षभित्र राष्ट्रिय लोकमार्ग, प्रान्तीय लोकमार्ग र जिल्ला सदरमुकामसँग जोड्ने तथा सबै स्थानीय तहका वडा केन्द्र र स्थानीय तहको केन्द्र जोड्ने सडक सञ्जाललाई दश वर्षभित्र कालोपत्र गर्ने वाम गठबन्धनले प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । 

गठबन्धनका उम्मेदवारले आत्मनिर्भर अर्थतन्त्रको लागि पर्यटन उद्योगलाई प्राथमिकता दिइने, शैलुङ, सुनापति, दोरम्बा, खाँडादेवी, भालुखोप डाँडा, त्रिवेणी, तामोडाँडा, थोदुङ, नुम्बुर, उमातिर्थ, जट्टापोखरीलगायतका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गरिने बताएका छन् । 

वाम गठबन्धनका तर्फबाट प्रदेशसभा ‘क’ उम्मेदवार शान्तिप्रसाद पौडेल भन्नुहुन्छ– “स्थिर र दिगो सरकार नभएका कारण धेरै मुद्दा ओझेलमा परेका छन् त्यसलै चुनावपछि बन्ने सरकारले सबै मुद्दा सम्बोधन गर्नेछ ।” उहाँले गठबन्धनले समाजवादी धारको र काँग्रेस नेतृत्वको गठबन्धनले पुँजीवादी धारको नेतृत्व गरेको भन्दै जनताको विश्वास र भरोसा वाम गठबन्धनमा भएको दाबी गर्नुभयो । 

नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार पूर्णबहादुर तामाङ ९कान्छाराम०ले सडक भए आर्थिक विकास दू्रत गतिमा हुने उल्लेख गर्दै सडक निर्माणलाई जोड दिने बताउनुभयो । उहाँले रामेछापमा भएको विमानस्थल निर्वाचित भएपछि सञ्चालनमा ल्याउने र विमानस्थलमा कालोपत्र गर्ने काम पनि आफूले नै गरेको बताउनुभयो । 

“मन्थलीबाट लुक्ला जाने सानो जहाज उडाउने योजना बनाएको छु, बजेट आएपछि लुक्ला, फाप्लु, रुम्जाटार र भोजपुरका लागि जहाज उडने छन्,” उहाँले भन्नुभयो । 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुईवटा प्रदेशसभा रहेको छ । प्रदेशसभा ९क० मा ७३ हजार १७६ तथा प्रदेशसभा ९ख० मा ७९ हजार ३८९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, रामेछापले जनाएको छ । जिल्लामा ९० मतदानस्थल र १९१ मतदान केन्द्र छन् । निर्वाचनका लागि करिब एक हजार ५२८ कर्मचारी र दुई हजार २२८ सुरक्षाकर्मी परिचालन गरिएको छ । 

प्रतिनिधिसभाका लागि १२, प्रदेशसभा ९क० का लागि ८, प्रदेशसभा ९ख० का लागि ९ र एकजना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जिल्लामा कुल एक लाख ५२ हजार ५५९ मतदाता रहेका छन् । सत्र हजार ९३९ मतदाता स्थानीय तह र्निाचनपछि थपिएका हुन । एक तथ्यांक अनुसार रामेछापमा २६ प्रतिशत क्षेत्री, २० प्रतिशत तामाङ, १४ प्रतिशत नेवार, ११ प्रतिशत मगर, ५ प्रतिशत ब्राम्ह्ण, एक प्रतिशत सुनुवार, एक प्रतिशत शेर्पा रहेका छन् । यस बाहेक, माझी, हायु, थामी सिमान्तकृत समुदायको रामेछापमा बसोवास रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप