शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाम गठबन्धन टुट्दैन : पम्फा भूषाल

आइतबार, ०३ मङ्सिर २०७४, १४ : ०७
आइतबार, ०३ मङ्सिर २०७४

ललितपुर–माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले बाम गठबन्धन त्यति सजिलै नटुट्ने बताएकी छिन् । ललितपुर महानगरपालिकाको वडा नम्बर १३ मा आयोजित कार्यक्रममा भुषालले नेपालको दीगो सम्बृद्धि र विकासलाई केन्द्रीत गर्दै गठबन्धन निर्माण भएको पनि वताइन् । 

उनले भनिन्, ‘नेपालको विकासका अवरोध अल्पायुका सरकार हुन् । सरकार बन्दा नबन्दै टुट्ने खेल शुरु हुने भएकोले अव हुने निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई जिताउँदै स्थिर सरकार निर्माण गर्नको लागि जनतामा आव्हान गर्दछु ।’ 

सम्बृद्ध नेपालका निर्माणको अभियान बोकेर बाम गठबन्धन अघि बढेको भन्दै नेतृ भूषालले नेपालको विकास अवसम्भावी छ, आफ्नो पार्टी पहिले राजनीतिक क्रान्तिमा रहेको र अव आर्थिक क्रान्तिमा लाग्ने बताइन् । 

कार्यक्रममा बोल्दै ललितपुर क्षेत्र नम्बर ३ प्रदेश सभाका उम्मेदवार राजकाजी महर्जनले अवको चुनावबाट युवाहरुले नेतृत्वमा हस्तक्षेपकारी भूमिका खेल्ने बताए । पहिलो संविधान सभाको निर्वाचनका समय आफु जम्मा २५ बर्षको उमेरमा संविधान सभा सदस्य निर्वाचित भएको सम्झदै महर्जनले अव विकासको सम्बाहक युवा भएको बताए ।

भेलामा वडा ललितपुर महानगरपालिका वडा नम्बर १३ का स्थानियवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मी बढ्दै गईरहेको सन्दर्भमा ललितपुरबाट निर्वाचित पूर्व जनप्रतिनिधी समेत रहेका पम्फा भूषाल र राजकाजी महर्जन ललितपुरलाई पुन कम्युनिष्टहरुको आधार क्षेत्रको रुपमा फर्काउन सक्रिय छन् । पहिलो संविधानसभा निर्वाचनमा नेतृ पम्फा भूषाल ललितपुर क्षेत्र नम्बर ३ र राजकाजी महर्जन ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप