शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा बसको ठक्करबाट २ जनाको मृत्यु

आइतबार, ०३ मङ्सिर २०७४, १५ : ४७
आइतबार, ०३ मङ्सिर २०७४

रौतहट । रौतहटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

चन्द्रनिगाहापुरबाट गौर जाँदै गरेको ग १ ख ६६२४ बसले विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरप्लेटको बीआर ३० एन ५५९५ मोसाइकललाई गरुडा नपा ४ मा ठक्कर दिएको थियो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मुनि मिश्र र पछाडि बसेका रामप्रकास यादवको चपुर अस्पतालमा लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप