मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो रजनीको ‘पटुकी’

आइतबार, ०३ मङ्सिर २०७४, १५ : ५५
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौं । अभिनेत्री रजनी केसी अभिनित चलचित्र ‘पटुकी’को फष्टलुक  सार्वजनिक गरिएको छ । २१ पुसलाई रिलिज डेट घोषणा गर्दै चलचित्र युनिटले फष्टलुक सार्वजनिक गरेको हो । 

म्याकटेन कालु प्रस्तुतकर्ता रहेको चलचित्रमा अभिनेत्री रजनीको अलवा जेम्स बिसी, दीपक कँडेल, रोजी श्रेष्ठ र हरि गुरुङको अभिनय देख्न सकिन्छ ।

मनसुधा मिडियाको निर्माणमा बनेको यो चलचित्रले पारिवारिक कथा बिषय बनाएको प्रस्तुतकर्ता म्याकटेनले बताए । राम नेपालको निर्देशन रहेको ‘पटुकी’मा लक्ष्मण घिमिरेको छायांकन, अभिषेक पौडेलको सम्पादन र सानुकुमार महर्जनको द्वन्द्व, शिव विकको नृत्य रहेको छ ।

संगीतकार राजन राज सिवाकोटीको स्वर तथा संगीत रहेको चलचित्रमा सिता मिजार कार्यकारी निर्माता रहेकी छन् । चलचित्र सुनिल मानन्धरले वितरण जिम्मा लिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप