बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

म्यान्मारका राजदुत यु लिउन ऊको ‘नीरफूल’ मा अभिनय

आइतबार, ०३ मङ्सिर २०७४, १५ : ५८
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौं– नेपालका लागि म्यान्मारका राजदुत यु लिउन ऊ कार्यकाल सकिएर विदा भएका छन् । विदाई समारोहमा राजदुत लिउनले भुकम्पको कथामाथि बन्दै गरेको चलचित्र ‘नीरफूल’ खेल्न पाएकोमा खुशी प्रकट गरे ।

सञ्चारकर्मी फूलमान वलले निर्देशन गरेको चलचित्रमा उनले अतिथि भुमिकामा अभिनय गरेका हुन् । यसअघि उनले म्यान्मारकै एउटा चलचित्रमा पाइलटको भुमिका गरेका थिए । 

‘फिल्मले समाज र संस्कृतिलाई जोड्ने काम गर्छ’, राजदुत ऊले भने, ‘भुकम्पको पीडामाथि बन्दै गरेको अर्थपूर्ण फिल्ममा खेल्न पाउ“दा म खुशी छु ।

‘निरफुल’मा अभिनेत्री रेखा थापा र अभिनेता दयाह्याङ राईको पहिलो पटक केमेस्ट्री देख्न पाइने भएको छ । 

भुकम्प पीडितको कथामा ‘निरफुल’ बनेको हो चलचित्रमा रेखा र दयासँगै शान्ति वाइवा, जिग्मे छ्याइकी घिसिङ, पुष्कर गुरुङ, बुद्धि तामाङ, सरोज अर्याल, राजन खतिवडा, सरिता गिरी, लक्ष्मी वर्देवा लगायतका कलाकारको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप