शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गैरआवासीय नेपाली संघले श्वेतपत्र जारी गर्ने

आइतबार, ०३ मङ्सिर २०७४, १५ : ५९
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौं–गैर आवासीय नेपाली संघले वैदेशिक रोजगार कल्याणकारी कोषलाई पाँच करोड पुर्याएर तत्काल संचालनमा ल्याउने वताएको छ ।

 गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको तीन दिन वसेको बैठकले वैदेशिक रोजगारका समस्या समाधानका लागि स्वेतपत्र जारी गर्ने जनाइएको छ । आगामी दुई वर्षका लागि गरिने कार्यहरुको श्वेतपत्र जारी गर्नका लागि संघको बैठक डाकिएको बताइएको छ । 

वैदेशिक रोजगारीका लागि मध्यपुर्व र मलेशिया पुगेर जेल सजाय भोगिरहेका नेपालीहरुको उद्धारका लागि संचय कोष स्थापना गर्न लागिएको संघका प्रवक्ता भुषण घिमिरद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । वैठकले साउदी अरबमा जन्मकैदको सजाई भोगिरहेका थानेश्वर भुषाललाई सजाई मुक्त गराउन राहत कोषबाट १२ लाख ५० हजार सहयोग प्रदान गर्ने निर्णय गरेको छ । 

उर्जा संकट हटाउनका लागि एलइडी बल्बको प्रयोग बढाउन अभियान संचालन गरिने एनआरएनले जनाएको छ । साथै बैठकले नेपालमा पुर्वाधार विकासमा सहयोगका लागि इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने निर्णय गरेको छ । विदेशी मुलुकहरुबाट लगानी भित्राउन विप्पा सम्झौता,आर्थिक साझेदारी सम्झौता र दोहेरो कर छुटका लागि नेपाल सरकारसँग सहकार्य गर्ने विज्ञप्तीमा उल्लेख छ ।

लाप्राक नमुना वस्तिको निर्माण कार्य यथाशिघ्र सम्पन्न गर्ने निर्णय गरिएको छ । गैर आवासीय नेपाली संघले गोरखाको लाप्राकमा पाँच ८३ घर निर्माण गरिरहेको छ । वस्ती निर्माण छिटो सकाउन अध्यक्षको नेतृत्वमा समिती गठन गरिएको छ ।  निमार्णाधिन एनआरएन पार्क र संघको कार्यालय वैसाखसम्म सम्पन्न गर्ने तथा संघद्धारा संचालित कार्यहरुलाई निरन्तरता दिइने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप