शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अज्ञात समूहको आक्रमणबाट पत्रकार घाइते

आइतबार, ०३ मङ्सिर २०७४, १६ : ०१
आइतबार, ०३ मङ्सिर २०७४


धनगढी -नेपाल पत्रकार महासंघ कैलालीका सदस्य लक्ष्मी जैशी गए राति अज्ञात समूहको आक्रमणबाट घाइते हुनुभएको छ । 

कैलालीको बौनियाँस्थित आफ्नै निवासमा गएको एक समूहले जैशीमाथि सांघातिक आक्रमण गरेको प्रेस चौतारी नेपाल कैलाली शाखाले जनाएको छ । आक्रमणबाट उहाँको टाउको र निधारमा चोट पुगेको छ । 
चौतारी कैलालीले पत्रकार जैशीमाथि भएको आक्रमणको विरोध गर्दै आक्रमणकारीको खोजी गरी कारबाही गर्न माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप