बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन सुरक्षा फितलो भएको मानव अधिकार आयोगको ठहर

आइतबार, ०३ मङ्सिर २०७४, १६ : १९
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौं – असन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा देशका विभिन्न स्थानमा भएका विष्फोटका घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
आयोगका प्रवक्ता मोहना अन्सारीले आइतबार एक विज्ञप्ति जारी गर्दै रौतहट, भोजपुर, लमजुङ, नुवाकोट,लगायतका जिल्लामा बम विष्फोट भई एकजना बालकसहित दर्जनौ ंव्यक्तिहरू घाइते भएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तिमा राजनीतिक दलका चुनावी कार्यक्रम एवं उम्मेदवारहरुलाई लक्षित गरी भएका श्रृंखलाबद्ध बम आक्रमणका घटनाहरुले निर्वाचन सुरक्षा व्यवस्था फितलो हुँदै गएको देखिएको जनाइएको छ । यी घटनाहरूबाट मानव अधिकारको विश्वव्यापी घोषणा पत्र १९४८, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९६६ लगायतका नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय महासन्धीहरु,नेपालको संविधान लगायतका कानुनहरु, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगबाट दिइएको निर्देशनको समेत उल्लंघन भएको आयोगको निश्कर्ष छ । 
आयोगले घटनाका दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन र घाइते व्यक्तिहरूको निशूल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह समेत गरेको छ । साथै, आफ्ना राजनीतिक विचारलाई शान्तिपूर्ण वार्ताका माध्यमबाट समधान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप