मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एक दिनमै भ्याए प्रधानमन्त्री देउवाले चार चुनावी सभा

आइतबार, ०३ मङ्सिर २०७४, १६ : ४०
आइतबार, ०३ मङ्सिर २०७४

डडेल्धुरा–प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा आइतबार आफ्नो चुनावी क्षेत्र तथा गृह जिल्ला डेल्धुराका चारवटा चुनावी  सभालाई सम्बोधन गरेका छन् । 

डडेलधुराबाट प्रतिनिधि सभासदस्य उम्मेदवार समेत बनेका देउवाले सदरमुकामबाट सेनाको हेलिकोप्टरमार्फत चारवटा चुनावी सभामा सहभागि भएका हुन् । देउवाले आइतबार 
डडेल्धुराको परशुराम नगरपालिकास्थित लालढुङ्गा, आलिताल गाउँपालिकको घरेलु,भागेश्वर गाउँपालिकको रुपाल र अजयमेरु गाउँपालिको चमडामा भएका चुनावी सभालाई सम्बोधन गरेका हुन् ।

नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले भौगलिक बिकटताका कारण देउवाले सेनाको हेलिकोप्टर प्रयोग गरेका हुन् ।

देउवा सहभागि कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा डडेल्धुराबाट प्रतिनिधिसभा समानुपातिक तर्फका उम्मेदबार समेत रहेका जगत पार्की र माओवादी केन्द्रका पूर्व जिल्ला अध्यक्ष जनक कलौनी लगायतका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनका बेला उम्मेदवारमाथि र उम्मेदवार चढेका सवारी साधनलाई लक्षित गरि ढुङ्गामुढा तथा आक्रमण गर्नेलाई कडा कारवाही गरिने बताए । ‘देशका विभिन्न ठाँउमा उम्मेदवार माथि आक्रमण भइरहेको छ । यसको घोर भर्सना गर्दछु । यस्ता क्रियाकलाप गर्नेलाई कडा कारवाही हुन्छ । 
देउवाले भने, भोलि काठमाडौँ गएर सुरक्षा निकायको बैठक बोलाएर यस्ता खालका घटना हुन नदिन र यस्ता घटना गर्नेलाई कडा कारवाही गर्न म सुरक्षा निकायका प्रनिनिधिहरुलाई निर्देशन दिन्छु ।’

निर्वाचन कुनै पनि हालतमा नरोकिने भन्दै देउवाले जुनसुकै किसिमका विध्वङ्सात्मक घटना भएपनि निर्वाचन भएरै छाड्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप