शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचन आयोगको माग : सुरक्षा व्यवस्था सुदृढ बनाऊ

आइतबार, ०३ मङ्सिर २०७४, १७ : १०
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौं– निर्वाचन अयोगले निर्वाचनको सुरक्षा व्यवस्थालाई अझै सुदृढ बनाउन सरकारलाई निर्देशन दिएको छ । 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको सुरक्षा व्यवस्था अझै सुदृढ गराउन सरकारलाई पुन सचेत गराएका हुन् । 

आईतबार काठमाडौंमा आयोजित आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनसम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आम मतदाताले निर्भयताका साथ मतदान गर्न नपाउने हुन कि भन्ने अवस्था सृजना भएको भन्दै चिन्ता पनि व्यक्त गरे ।

प्रमुख निर्वाचन आयुक्त यादवले पछिल्ला दिनमा उम्मेदवारमाथिनै आक्रमण हुने गरेकाले त्यसलाई नियन्त्रणमा लिन पनि सरकारको पुन ध्यानाकर्षण गराए ।

निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणको कामलाई प्रभावकारी ढंगले अघि बढाउन पनि सम्बद्ध पक्षलाई सचेत गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप