शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिमस्टारद्धारा नयाँ राइस कुकर सार्वजनिक

आइतबार, ०३ मङ्सिर २०७४, १८ : २९
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौं – बिगत ३० वर्षदेखि नेपाली ग्राहकहरुको मन र विश्वास जित्न सफल गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ सात मोडलको राइस कुकरहरु बजारमा ल्याएको छ  ।


 राइस कुकरका मोडलहरु १ लिटरदेखि २.८ लिटरसम्म उपलब्ध रहेको छ ।हिमस्टार राइस कुकरहरु सफा गर्न सजिलो छ भने अटोमेटिक कुकिङ्ग फंगसनका साथमा उर्जाको बचत गर्दछ । यी राइस कुकरको डिलक्स २.२ लिटरमा स्टीम गर्ने सुविधा र टफ ग्लास राखिएको छ ।


हिमस्टारका सात मोडलका राइस कुकरहरु न्यूनतम मूल्य एकजहार सातसयदेखि तीन हजारसम्ममा उपलब्ध हुनेछन् ।हिम इलेक्ट्रोनिक्स आफ्ना ग्राहकहरुका माझमा विगत कयौं वर्षहरुदेखि विश्वसनिय कम्पनीको रुपमा स्थापित छ  र यसले नेपाली उपभोक्ताहरुका लागि उत्पादनदेखि विक्रिपछिको सेवासम्म गरि निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप